कुशेमा गाई गोरु भैंसी लगायतका जनावरलाई पेट सुनिने र रगत ओक्लने रोग देखियो

Salyan Paribesh , ६४६  पटक हेरिएको

राजन शर्मा छेडागाड सम्बादाता
भदौ ०१ जाजरकोट ।जिल्लाको कुशे गाउपालिका को वडा नं.१२३४ मा गाई गोरु भैंसी लगायतका जनावरलाई एकै दिनमा पेट सुनिने र रगत ओक्लने रोग देखिएको छ।

कुशे गाउँपालिका वडा नं.२ का अध्यक्ष मान ब सिंह का अनुसार अहिले सम्म यस्तो प्रकारको रोग नदेखिएको र किसानहरु भने,निकै चिन्तामा परिरहेको खासमा यो के समस्य हो भनेर पशु सेवा केन्द्र भार्मा लाई हिजो नै जानकारी दिएको बताए।

अध्यक्षका अनुसार पशुसेवा केन्द्र भार्ममा पनि औषध नभएको र भएको जति सबै औषधी गाउँमा पठाइएको पशु-सेवा स्वास्थ अधिकृत तुल ब डाँगिले बताएका छन् ।

प्रकाशित मिति: २०२२-०८-१७ , समय : १६:५८:३० , १ वर्ष अगाडि