कालिका मा.बि कपुरकोट ले गर्यो स्कुलमा तिज बिसेष कार्यक्रम।

Salyan Paribesh , ३४०३  पटक हेरिएको

सल्यान/ भदौ, २ – तुला राम डाँगी क्षेत्रि आउदै गरेको हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसर पारि कालिका मा.बि कपुरकोटले आज सास्कृतिक कार्यक्रम राखेको थियो। कार्यक्रमअन्तर्गत कालिका मा.बि. र प्रा.बि स्तरका विद्यार्थीहरुले विभिन्न नृत्य कला देखाई कार्यक्रमको स्वभायमान बढाएका थिए।

उक्त कार्यक्रममा चुडामणि केसीको सभाध्यक्षता थियो भने कार्यक्रमलाई सत्यता हमालले संचालन गर्नुभएको थियो। कार्यक्रममा सहभागी भइ प्रथम हुने लाइ ५००/ द्वितीय लाइ ३००/ र तृतीय लाइ २००/ हौसला स्वरुप पुरुस्कार पनि राखिएको थियो।

कार्यक्रममा सहभागी भइ बिजेता हुने बिद्यार्थी भाइबहिनिहरु
मा.बि स्थरबाट –
प्रथम: सिम्रण आर सि – कक्षा:७
द्वितीय: प्रज्वल बुढा – कक्षा: १०
तृतीय: नमिता बस्नेत – कक्षा: ६

कपुरकोट ३ दमारखोलाको लाखे नाच

यसैगरी प्रा.बि स्थरबाट –
प्रथम: कुशल राणा – कक्षा:५
द्वितीय: कमल परियार – कक्षा: ५
तृतीय: यालिसा बुढाथोकी कक्षा: १

यस्तैगरि सास्कृतिक कार्यक्रम सकिएलगतै खाने परिकार मासु, चिउरा लगायत विभिन्न परिकारहरु पनि खुवाएको थियो ।
स्कुलले अन्य विभिन्न अवसरहरुमा पनि अतिरिक्त क्रियाकलापहरु गर्दै आएको स्कुलका शिक्षक प्र.अ. चुडामणि केसीले जानकारी दिनुभएको छ ।

तस्बिर :- हिमा शुबेदी


हेर्नुहोस् तपाइको राशिफल

कालिका मा.बि कपुरकोट ले गर्यो स्कुलमा तिज बिसेष कार्यक्रम।


सल्यानमा सल्यानी र दंगालीको बबाल झाप्रे नाच ।

लोपोन्मुख सोह्रठी नृत्य भिडियो सहित

लोपोन्मुख लाखे नृत्य भिडियो सहित

प्रकाशित मिति: २०२२-०८-१९ , समय : ००:०४:०२ , १ वर्ष अगाडि