आर्थिक लाभमा शारीरिक सम्बन्ध, १२ लाख असुल गर्ने राेल्पाका १ पुरुष सहित ४ महिला पक्राउ

Salyan Paribesh , १२४७  पटक हेरिएको

भदौ ३ दाङ – प्रेम सम्बन्धमा विश्वास दिलाएर शारीरिक सम्बन्ध सम्म तयार याेजना पछि विभिन्न डरधम्की दिदै रकम असुल्ने एक पुरुष सहित चार महिला पक्राउ परेका छन।

पक्राउ पर्नेमा रोल्पा परिवर्तन गाउँपालिका वडा नं. ५ का ४० वर्षिय दिलिप कुमार वली, घोराही उपमहानगरपालिका वडा नं. १० कि पवित्रा डाँगी, सोही ठाँउकि ३२ वर्षिय बिमला डाँगी, २९ वर्षिय शान्ता नेपाली र २२ वर्षिय सर्मिला भनिने पर्मिला नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

उनिहरुले घोराही उपमहानगरपालिका वडा नं.१० नारायणपुुरमा सुनचाँदी व्यवसाय गर्दै आइरहेको दिनेश घर्ती मगरलाई प्रेम सम्बन्धकाे विश्वासमा पारी रकम असुली गरेकाे आराेपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजन गौतमले बताए

पक्राउ परेकी मध्ये सर्मिला नेपालीले पीडित घर्तीलाई गत साउन २६ गते राती ११ बजे योजनाबद्ध तरिकाले आफ्नो घरमा कोही नभएको भन्दै बोलाए लगत्तै पक्राउ परेका अन्य चारजना केहीबेरमा उनकाे घरमा आएर जबर्जस्ती करणी गर्न खाेजेकाे र आफुहरुले रंगेहात फेला पारेकाले प्रहरीलाई खबर गर्ने डरधम्की दिई पैसा वा घडरी दिएपछि गुपचुप राखिदिने भनेपछि पिडित भनिएका सुनचाँदी व्यवसायी घर्तीले पैसा दिने सहमति गरेपछि भाेलिपल्ट साउन २७ गते नगद १ लाख र २/२ लाखका २ वटा चेक फरक फरक मितीमा र एक चेक ७ लाख २० गरी जम्मा १२ लाख २० हजार रुपैया असुलेका हुन त्यसपछि पिडित घर्तीले आफुमाथि भएको घटनाबारे प्रहरीलाई जानकारी गराएकाे प्रहरी नायव उपरीक्षक गौतमले बताए।

सल्यानमा सल्यानी र दंगालीको बबाल झाप्रे नाच ।

पक्राउ परेकाबाट चेक समेत बरामद भएको छ। उनिहरु विरुद्ध मुुलुक फौजदारी कार्यविधि संहिता २०७४ अनुुसार आपराधिक लाभ शिर्षकमा मुद्धा दर्ता गरी अनुुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक गौतमले बताए।


कपुरकोट ३ दमारखोलाको लाखे नाच

लोपोन्मुख सोह्रठी नृत्य भिडियो सहित


जीवन व्यवस्थापन गर्ने कृष्णका यी १० उत्तम सूत्र

कालिका मा.बि कपुरकोट ले गर्यो स्कुलमा तिज बिसेष कार्यक्रम।

प्रकाशित मिति: २०२२-०८-१९ , समय : १९:३२:३८ , ९ महिना अगाडि