गजल :गरिबको आँगनमा न सरकार न ईश्वर पुग्यो

Salyan Paribesh , ६८९  पटक हेरिएको

गजल

रुदा मुटु टुक्रियो नरुदा मन बल्झियो
यस्तै चोटहरुबाटै जिन्दगी सम्हालियो

मैले पुँजेको भगवान भुलअक्ड रहेछ
खुसि भुलेर निधार भरि दुःख लेखिदियो

कसैका यादहरु त यति धेरै भारी थिए
जसलाई बोक्दा बोक्दै जिन्दगी रत्तियो

खै तिम्रो खुट्टा खै हात छिमेकीले सोधें
रुदैँ जवाफ दिए उता खाडीमै छोडियो

गरिबलाई सोधँ भोलिबाट के खान्छस्?
नबोली जवाफ दियो हातमा विष थियो

 


न गाडी पुग्यो यो गाउँमा न मोटर पुग्यो
बिरामी बोक्न गाउँमा केबल खच्चर पुग्यो

तिम्रो मृगौला फेर्छु भनेर प्रदेश पसेको छोरा
उल्टो आफ्नै मृगौला मुमाएर घर पुग्यो

सरकार छ भनेर सोच्दैन, ढुङ्गा पनि पुज्दैन
गरिबको आँगनमा न सरकार न ईश्वर पुग्यो

तिमीलाई हो,म को हो कोहो लागेको भाई
मलाई त, तँलाई अलि दुख्दा नी असर पुग्यो

आमा म बरु गाउँमै एक सहर बनाउँछु
भन्दैन सहर पठाउँ, छिमेकी सहर पुग्यो

रुवाउनु रुवाउँछ एकपलको सहारा
पागल पनि नहुँदोरहेछ पागलको सहारा

अन्धो हुँ मेरा आफन्त भएर पनि छैनन्
मलाई दिदैन दिन्छन् नक्कलको सहारा

उखेल फाल यो दिल केही भन्नवाला छैन्
म जिउन छदै छ , एक बोतलको सहारा

मेरो देश कसरी बिग्रियो भन्नु अगाडि सोच
को छ र यहाँ सत्यता र असलको साहारा

तिमी छिमेकी भएर छिमेकीको सहारा दिन्नौ
टाढा भएरै पानिले दिन्छ बादलको सहारा

प्रकाशित मिति: २०२२-०८-२० , समय : ०९:५४:०९ , १ वर्ष अगाडि