मुक्तक:तिम्रो तस्वीर सङ्गै साया बेपत्ता भएको

Salyan Paribesh , ७६९  पटक हेरिएको


समय जो छ ठिक छ सहन गर्नु पर्छ
पीडा सङ्गै जिम्मेवार बहन गर्नु पर्छ
आजको दुख,ऋण सबै भोलि तिर्ने
आधार बनाउछु भनी , गहन गर्नु पर्छ


जिन्दगि कल्पनाको केही डर लागेको छ
राम्रै सोचि भबिस्यको केहि भर लागेको छ
तिमी नजिक छौ कि टाढा केही थाहा छैन
नबोल्दा,मुटु दुख्ने केहि जहर लागेको छ


दिन बित्दै तिम्रो माया बेपत्ता भएको छ
निष्टुरी मन टल्किने छाया बेपत्ता भएको छ
कहाँ जाउ के गरम मन छट्पट भैरहदा
तिम्रो तस्वीर सङ्गै साया बेपत्ता भएको

प्रकाशित मिति: २०२२-०८-२० , समय : १०:३५:४४ , १ वर्ष अगाडि