Salyan Paribesh , ११२१ पटक हेरिएको
१ जमेको पानीले केही खास हुनुपर्यो
कहीँ न कहीँबाट निकास हुनुपर्यो
आजै बन्नु थियो दियोको चौकिदार
हरे ! आजै मैले बतास हुनुपर्यो
तिमी डोटी दलेक, मकराउको पानी
म प्यासी टाढाको बर्दिबास हुनुपर्यो
चोटहरू देऊ तर मेरो सर्त यो हो
पीडाहरूमा पनि मिठास हुनुपर्यो
पैला क्या चमकधमक थियो उसको
तिम्रो घरमा जुठो गिलास हुनुपर्यो
म सुनाउन राजी छु गजल मुर्दालाई
कि यो मुर्दामा पनि सास हुनुपर्यो
जीवनभर झुटो बोलिरह्यो सलामी
ऐना देख्दा पनि हतास हुनुपर्यो
प्रकाशित मिति: २०२२-०८-२० , समय : ११:०९:३१ , १ वर्ष अगाडि