गजल:यो दिपकले तिम्रो यादमा तड्पिन छोडेको छैन

Salyan Paribesh , १३९९  पटक हेरिएको


अरे यार सङ्का गर्छ्यौ किन छोडेको छैन
यो मनले तिमिलाइ सम्झिन छोडेको छैन

कोहि भोकै मर्छ कोहि नाङ्गै मर्छ कस्को आश राख्नु
सरकार गरिबबाट अझै टाढिन छोडेको छैन

महोदय केही छिन पर्खनुहोस यसरी नआत्तिनुहोस
बादलले छेकेको हो,सुर्यले उज्यालो दिन छोडेको छैन

अचेल रुन्छ,कराउछ तिम्रै नाम लिन्छ घरिघरि
यो पारसले तिम्रो यादमा तड्पिन छोडेको छैन


हिजो कसैले फ्याकेथ्यो ढुङ्गो भनेर
आज कसैले उठायो सिलो भनेर

तिम्रो दिल त महल नै रहेछ प्रीया
कुचो लगाइदियौ मलाइ छारो भनेर

तिमी खुकुरी हान्न तयार भयौ
मेरो यो मनलाइ अचानो भनेर

तिमिले मेरो हैसियत सम्झाइरयौ
मलाइ बेलाबेलामा जुत्ताको तुनो भनेर

प्रकाशित मिति: २०२२-०८-२० , समय : ११:३७:५९ , १ वर्ष अगाडि