छिन्ताङ सहिदकप फुटबल प्रतियोगिता अन्तर्गत आज ४ खेल सम्पन्न

Salyan Paribesh , ५८४  पटक हेरिएको

सहिदभूमि गाउपालिका वडा नं १ मा जारी छिन्ताङ सहिदकप फुटबल प्रतियोगिता अन्तरगत आज ४ खेल सम्पन्न भएको छ ।

मितेरी युवा क्बलको आयोजनामा जारी फुटबल प्रतियोगिताको तेस्रो दिन भएको पहिलो खेल सागुरीगढी ९ हर्दिया र खाल्साथुम युवा क्लब सहिदभुमि २ बिच भएको खेलमा ० – १ सागुरीगढी विजयी भएकाछन् ।

त्यस्तै गरि आज भएको दोस्रो खेल पौवा दुम्मा गाँउपालिका भोजपूर र सागुरीगढी ८ पोक्ला बिच भएको खेलमा ३ -२ को अन्तरले पौवा दुम्मा विजयी भएको छ । यस्तै गरि तेस्रो खेल अजम्बरी युवा क्लब फेदि र टिटि ७ थलथले बिच भएको खेलमा १- ४ ले अजम्बरी विजयी भएको संस्थापक अध्यक्ष भुपाल कार्कीले जानकारी दिनुभयो ।

त्यस्तै गरी चौथो खेल सरस्वती युवा क्लब सहिदभुमि १ र नाम्जे युवा क्लब सागुरीगढी बिच भएको खेलमा १- २ ले नाम्जे विजयी भएकाछन् । प्रतियोगिता माघ २० गते सम्म सञ्चालन हुने छ ।
[smartslider3 slider=”9″]

प्रकाशित मिति: २०२२-०२-०१ , समय : १९:५०:१४ , २ वर्ष अगाडि