सहकर्मी समाजको आर्थिक सहयोगमा संचालन भएको तिन दिने तालिमा सम्पन्न

Salyan Paribesh , १४५०  पटक हेरिएको

दिल बिक्रम शाही
शिवालय भदौ ०५ ।जाजरकोटको शिवालय गाउँपालिकामा सहकर्मी समाजको आर्थिक सहयोगमा संचालन भएको तिन दिने तालिम सम्पन्न भएको छ।भदौ २ गते देखि संचालन भएको कार्यक्रम भदौ ४ गते सम्पन्न  हो।विकास कोष नर्वे र सहकर्मी /समाजको आर्थिक सहयोगमा पश्चिम जाजरकोट विकास समाजको आयोजना द्वारा पश्चिम जाजरकोट विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका कार्यसमिति सदस्य र पश्चिम विकास समाजमा आवद्ध कर्मचारीहरुलाई ३ दिने तालिम सम्पन्न भएको छ।

तालिममा सहकर्मी समाजका जाजरकोट जिल्लाका टिमलिडर नेगनारायण रेग्मीको सहभागिता रहेको थियो।उक्त तालिमबाट सहकारी ब्यबस्थापन र संचालनमा ज्यादै टेवा पुग्ने कुरा सहकारीका अध्यक्ष टोप बहादुर घर्तीले बताए।तालिमको सहजीकरण तथा प्रशिक्षण माधव रिजालले गरेका हुन् ।

कार्यक्रमको सहजीकरण पश्चिम जाजरकोट बिकास समाजका कार्यक्रम ब्यबस्थापक राम प्रसाद शर्माले गरेका थिए ।

प्रकाशित मिति: २०२२-०८-२१ , समय : १०:२२:५२ , १ वर्ष अगाडि