Salyan Paribesh , ७३४ पटक हेरिएको
भदौ ०५ जाजरकोट ।जिल्लाको जाजरकोटको शिवालय गाउँपालिका -५ काउलामा जन्मेका गायक शंकर बिक र लोकप्रिय गायिका पुर्णकला बिसी को ‘पिरती लाउन’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। चर्चित सर्जक मन्जित पहाडीको शब्द र झबिन्द्र मगरको लयमा गीत बजारमा आएको हो । मौलिक संस्कृति झल्काउने झ्याउरे गीतमा पुर्णकला र शंकर बिकले आवाज दिएका छन् ।
गायक विकको यो पिरती लाईन्छ गीत पहिलो एलबम हो । मौलिक कला संस्कृतिलाई जर्गेणा गर्ने लक्ष्यले यस गीतको भिडियोमा गाउँकै स्थानीय कलाकार शुशान्त, साखिरा, प्रविन, सुरक्षा को लोभ लाग्दो अभिनय देख्न सकिन्छ ।
उक्त गितको म्युजिक भिडियोलाई सरोज रेग्मीले निर्देशन गरेका छन् भने छाँयाङकन सम्पादन डिल्ली कुमालले गरेका हुन् । गीत रमेश शर्मा अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याइएको छ ।
भिडिओ हेर्नुहोस् ।
प्रकाशित मिति: २०२२-०८-२१ , समय : १०:५९:१७ , १० महिना अगाडि