सल्यानका स्थानीय तहहरुमा सबैको लागि दिगो खानेपानी, सरसफाई आयोजना सञ्चालन हुने

Salyan Paribesh , ५३६  पटक हेरिएको

सल्यान/ भदौ, १०
सल्यानका स्थानीय तहहरुमा सबैको लागि दिगो खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाबारे परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनको अध्यक्षमामा भएको कार्यक्रममा उक्त आयोजना र नेपाल स्वास्थ्यका लागि पानी (नेवा) बाट खटिएका परामर्शदाताहरुरले परिचयात्मक कार्यशालाको सहजिकरण गरेका थिए ।

विहिबार कपुरकोट गाउँपालिकामा भएको कार्यक्रममा कार्यपालिका सदस्यहरुले खानेपानी, सरसफाई तथा स्वच्छता योजना (वास योजना) निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । जस अनुसार गाउँपालिकाले वास योजना निर्माणका लागि पाँच लाख रुपैयाँ बजेटको पनि सुनिश्चितता गरेको गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले जनाए ।



कार्यशालामा आयोजनाका विषयहरु, काम गर्ने शैली, पालिकाको भुमिका, आयोजनाको बजेट, पालिका चयनका लागि आयोजनाले अवलम्बन गर्ने प्रक्रियाहरुका बारे जानकारी गराइएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत अरुण दाहाल, कार्यपालिका सदस्यहरु, नेपाल रेडक्रस कपुरकोट गाउँपालिकाका सभापति भद्रसिंह बुढा लगाएतको सहभागिता थियो ।कार्यक्रमको संचालन शंकर केसीले गरेका थिए ।


दमारखोला सल्यानको लाखे अन्तिम दिन

हेर्नुहोस् तपाइको राशिफल

आज भदौ १० गते शुक्रबार, हेर्नुहोस् तपाइको राशिफल


लोपोन्मुख लाखे नृत्य दाङ भिडियो सहित

लोपोन्मुख सोह्रठी नृत्य भिडियो सहित

कपुरकोट ५ रिमको लाखे

प्रकाशित मिति: २०२२-०८-२६ , समय : ०२:३९:४८ , ५ महिना अगाडि