साउदी अरबमा परिवारिक समाजद्वारा आयोजित तिज विशेष कार्यक्रम भव्य रुपमा सम्पन्न

Salyan Paribesh , ११२४  पटक हेरिएको

परिवारिक समाज साउदी अरब द्वारा आयोजित हरितालिका तिजको विशेष कार्यक्रम तथा पाँचौ वार्षिकोत्सव सभ्य अनि भव्य रुपमा सम्पन्न भएको छ।

साउदी अरबको राजधानी रियाद स्थित एकजिट १८ को सभाहलमा हरितालिका तिजको अवसर पारेर पारिवारिक समाजले कार्यक्रम आयोजना गरिएको हो।
उक्त कार्यक्रम संस्थाका अध्यक्ष अमृत पौडेलको सभापति र नेपाली राजदुतावास रियादका तृतीय सचीव टिकराम उपाध्ययको प्रमुख अतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

शुभकामना तथा मन्तव्य राख्ने क्रममा प्रमुख अतिथी टिकराम उपाध्यायले परापुर्वकाल देखि जुन चली आएको तिजको बिशेष साउदी अरबमा पनि देख्न पाएको र नेपालमा तिजको बिकृती फैलिरहेको अवस्थामा साउदी अरबमा सभ्य रुपमा तिज मनाउन नेपाली हरुको उपस्थित देख्द अत्यन्तै खुसी लागेको बताए । अबको दिनमा हाम्रो समाजमा फैली रहेको बिकृती लाई न्यूनीकरण गर्दै अर्को नया पुस्तामा सुरक्षित संग हस्तान्तरण गर्नु पर्ने बताए ।

साउदी अरबमा ४ लाख नेपाली श्रमिक रहेको बताउदै साउदी अरबमा आइसके पछी यहाको हरेक कोण बाट यहाको रहनसहन अनुसार चल्नु पर्ने बताए । साउदी अरबमा आइसके पछी यहाँ बुझ्नु पर्ने ट्राफिक मियाम लगायत यहाको सबै किसिमको कानुन बुझ्नु पर्ने बताए ।

नेपाली राजदुतावास रियादको फेसबुक पेजबाट सबै सुचनाहरु सुसूचित गराईरहेको बताउदै सबैले त्यहा देखि पनि केही थप जानकारी पाउने बताए। साथै दुख गरि कमाएको पैसा आधिकारिक च्यानल बाट पठाउन अनुरोध गर्नु भएको थियो ।

लोपोन्मुख लाखे नृत्य दाङ भिडियो सहित

साउदी अरबको जेलमा रहेको अधिकतम श्रमिकहरु मदिरा सेवनबाट जेल परेको स्मरण गराउदै , साउदी अरब सरकारको नियाम मदिरा सेवन एबम अल्कोहल लगायत का कुराहरु प्रतिबन्ध रहेकाले प्रतिबन्धित कार्यहरु नगर्न अनुरोध गर्नु भएको थियो।

Nepali Village Women Open Bathing

कार्यक्रमको अन्त्यमा परिवारिक समाजका अध्यक्ष तथा कार्यक्रमका सभापति अमृत पौडेलले शुभकामना तथा मन्तव्य राख्ने क्रममा परिवार समाज साउदी अरबले हरेक बर्षा हरितालिका तिजको अवसरमा जित बिशेष कार्यक्रम गर्दै आइरहेको स्मरण गराउदै परिवारिक समाजले मलमपट्टि भन्ने नाराका साथ भैपरि आउने समस्याहरुको अल्पकालीन समाधान गर्नको लागि आफ्नो संस्था लागिपरेको बताए ।

बिगतमा भएका साउदी अरबका प्राय कार्यक्रममा अतिथि गणहरुको मन्तव्य अधिकतम हुने गरेको भए पनि आजको तिज बिशेष कार्यक्रममा भने केही प्रमुख व्यक्तिहरुले मात्रै शुभकामना तथा मन्तव्य राखिएको थियो।

कार्यक्रममा सहाभागी रहेको नृत्य कलाकारहरुलाई गोला प्रथा मार्फत प्रथम र दोश्रो गरि तिज बिशेष उपहार स्वरुप सुडकेस प्रायोजकको रुपमा World Travel Agency and Fly City Travels प्रयोजन गरिएको थियो।

दाङ बेलटाकुराको लाखे नाच

उक्त कार्यक्रममा पहिलो प्रस्तुति नेपाली डान्स ग्रुप रियाद द्वारा हङकाङको सारिमा भन्ने गितमा नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रम संस्थाका महासचिव जितेन्द्र थपलिया ले संचालन गर्नु भएको थियो भने कोषाध्यक्ष अमर सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।


प्रदेशीहरुको कथामा समर्पित गित फर्की आउदिन।



लोपोन्मुख सोह्रठी नृत्य भिडियो सहित


तस्बिर –

पिटि अनलाइन न्युज

प्रकाशित मिति: २०२२-०८-२७ , समय : ००:१८:१३ , १ वर्ष अगाडि