कपुरकोट गा.पा.वडा न:३ को आयोजनामा तिज बिशेष कार्यक्रम सम्पन्न

Salyan Paribesh , १५२६  पटक हेरिएको

सल्यान / भदौ,११ तुला राम डाँगी क्षेत्रि
कपुरकोट गा.पा. वडा न: ३ को आयोजनामा हिन्दु नारीहरुको महान चाड तिज बिशेष कार्यक्रम कपुरकोटको हाटबजार सभा हलमा भव्य र सभ्यका साथ सम्पन्न भएको छ । उक्त कार्यक्रममा दिदि बहिनीहरुलाई नाचगान संगै रमाउने कार्यक्रम रहेको थियो ।

महिला पुरुष समानरुपमा उपस्थिति थियो र एक- अर्कामा महिलाहरुको महान चार्ड हरितालिका तिजको अग्रिम शुभकामना आदानप्रदान समेत गरिएको थियो । कार्यक्रमलाई हिमा डाँगी शुबेदिले संचालन गरेकी हुन्।

सुन्नु होला दिदीबहिनी
सुन्नु होला दाजुभाइ
यो मनको पिर ब्यथा पोखौ सबैलाई
बर्षै पिच्छे आउने गर्छ तिजको लहर, – के गरेर काट्ने होला यस्तो कहर ।

यहि गितबाट कार्यक्रमको सुरुवात हिमा डाँगी शुबेदिले गरेकी थिइन भने कार्यक्रमको स्वागत मन्तव्य राधिका यरि ले गरेकी थिइन्। कार्यक्रमको सभाध्यक्षमा कपुरकोट गा. पा. ३ का वडाअध्यक्ष प्रदिप खड्का र प्रमुख अथितीमा कपुरकोट गा. पा. का अध्यक्ष दुर्गा पुन रहेका थिए।


अथितिहरुमा -:  गाउकार्यपालिका प्रतिनिधिहरु ,वडा न: ३ का बिद्यालयका सम्पुर्ण शिक्षक शिक्षिकाहरुको उपस्थिति थियो । उक्त कार्यक्रममा सास्कृतिक कार्यक्रम लोक गित, कुर्सि दौड र घैटा फोड रहेको थियो। कार्यक्रममा भाग लिएर बिजेता हुनेहरुलाई पुरस्कारको ब्यबस्था पनि गरिएको थियो। थुप्रै दिदि बहिनीहरुले कार्यक्रममा भाग लिएर मनोरंजन लिएका थिए।


बिजेता हरु ,

कुर्सि दौड तर्फ -:
प्रथम – निर्मला डाँगी -: रु १५००
द्वितीय – हेमा चन्द -: रु १०००
तृतीय – कमला शुबेदी -: रु ५००

घैटा फोड -: कृष्णि परिया -: रु १०००

लोक गित तर्फ -:
प्रथम – ममता खड्का -: रु १५००
द्वितीय – पार्वती खड्का -: रु १०००
तृतीय – धन सरि घर्ति -: रु ५००
तृतीय – राम कुमारी पुन -: रु ५००


दमारखोला सल्यानको लाखे अन्तिम दिन
https://youtu.be/XjoN9QVlORI




दाङ बेलटाकुराको लाखे नाच
https://youtu.be/R3IIxKssBb8



कपुरकोट ५ रिमको लाखे
https://youtu.be/Iq2BC1hJ7SA


लोपोन्मुख सोह्रठी नृत्य भिडियो सहित
https://youtu.be/fxCUwMmYRKY


तस्बिर – हिमा डाँगी शुबेदि

प्रदेशीहरुको कथामा समर्पित गित फर्की आउदिन
https://youtu.be/QQRitjKp7Q0

प्रकाशित मिति: २०२२-०८-२७ , समय : २२:४०:०३ , ७ महिना अगाडि