नेपालका बहुसांस्कृतिक विशेषताहरू मौलिक पुँजी हुन : अध्यक्ष ओली

Salyan Paribesh , ५२८  पटक हेरिएको

माघ,१९ काठमाडौं ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालका बहुसांस्कृतिक विशेषताहरू मौलिक पुँजीको रुपमा रहेको बताएका छन् ।

तामाङ समुदायको पर्व सोनाम ल्होछार अर्थात नयाँ वर्षको अवसरमा शुभकामना दिंदै अध्यक्ष ओलीले यी विशेषतालाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्ने बताएका छन् ।
[smartslider3 slider=”9″]

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले देभभित्र रहेका विभिन्न जातजातिका संस्कृतिमा आधारित पर्वहरू राष्ट्रिय एकता, पारस्परिक सामाजिक सद्भाव र सहिष्णुताका मौलिक आधार भएको शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

अध्यक्ष ओलीले यस पर्वले तामाङ समुदायको रीति, परम्परा र संस्कृतिको संरक्षण र सम्बर्धन गर्ने विश्वाससमेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति: २०२२-०२-०२ , समय : ०४:४३:०२ , २ वर्ष अगाडि