Salyan Paribesh , ५९९ पटक हेरिएको
जाजरकोट भाद्र २१ । नेपाल फोटो पत्रकार महासंघ जाजरकोटको कार्यसमिति गठन गरिएको छ। नेपाल फोटो पत्रकार महासंघ जाजरकोटको अध्यक्षमा बासुदेव शर्मा चयन भएका छन् ।
सोमबार जिल्ला स्थित फोटो पत्रकारहरुको एक भेलाले शर्मालाई अध्यक्षमा चयन गरेकाे हो । शर्माको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।
समितिको उपाध्यक्षमा सरोज वली, सचिवमा कालीबहादुर नेपाली, कोषाध्यक्षमा पदम केसी र सह सचिवमा शारदा पुन मगरलाई चयन गरिएको छ ।
यस्तै, सदस्यहरुमा दिल बिक्रम शाही,माल बहादुर सिंह,नवीन शाही,प्रकाश रोकाय, प्रेम विश्वकर्मा, भुपेन्द्र नेपाली, सुमन चन्द, प्रेम विसी, रेशम खड्का र पुष्पा वलिलाई चयन गरिएको छ। बाल कुमार शर्मा र खम्बजंग शाहलाइ सल्लाहकार समितिमा राखिएको छ।
त्यसैगरी केन्द्रिय प्रतिनिधिमा पवन शर्मा, सुरीता बस्नेत र जय रावललाइ चयन गरिएको छ।
प्रकाशित मिति: २०२२-०९-०६ , समय : ११:०८:५१ , ९ महिना अगाडि