कृषि क्षेत्र विकास कार्यक्रमको कार्यक्षेत्र विस्तार, कपुरकोटमा सम्झौता

Salyan Paribesh , ८९८  पटक हेरिएको

सल्यान / भदौ, २१ – सल्यानको कपुरकोट गाउँपालिका र कृषि क्षेत्र विकास कार्यक्रम विच गरिवी र पोषण असुरक्षा न्युनिकरणको लागि सम्झौता भएको छ । कपुरकोट  गाउँपालिकामा कृषि क्षेत्र विकास कार्यक्रमको अभिमुखिकरण पश्चात मुल्य श्रृंखला विकास लगाएतका विभिन्न क्रियाकलाप सञ्चालनका लागि द्विपक्षिय सम्झौता भएको छ ।

बाली तथा वस्तुको उत्पादकत्व वृद्धि गरी व्यावसायिक कृषि मार्फत कृषकको आम्दानीमा वृद्धि तथा पोषणमा सुधार ल्याउने गरी कार्यक्रम सञ्चालनका लागि कृषि क्षेत्र विकास कार्यक्रमसंग सम्झौता भएको हो । कृषि क्षेत्र विकास कार्यक्रम, कार्यक्रम समन्वय इकाई, बागचौर सल्यानको आयोजनामा पालिका स्तरीय अभिमुखिकरण तथा कृषि बिकास समिति गठन र द्विपक्षिय समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम अन्तर्गत कपुरकोटको समग्र कृषि तथा पशु क्षेत्रको विकासका लागि कृषि विकास समिती समेत गठन भएको छ । जसको संयोजकमा वडा नं १ का वडा अध्यक्ष बालाराम खड्का, सदस्यहरुमा तिला रोका, तिला विक, घनश्याम शर्मा, गिरीराज वली, तेज बहादुर केसी, सुरेन्द्र वली, भिमा बुढा, हिमा गिरी, पशुपन्छी विकास शाखा प्रमुख र सदस्य सचिवमा कृषि विकास शाखा प्रमुख रहनुभएको छ ।


लाल ब.महतारा क्षेत्रिको दशैँ गित “ऋण”
https://youtu.be/GhGY2OubAZ8

कृषि क्षेत्र विकास कार्यक्रम, कार्यक्रम समन्वय इकाईका कृषि अधिकृत प्रकाश पौडेलले कार्यक्रमको संचालन मोडालिटि, कार्यक्रमको सहलगानि सिमा, कार्यक्रमले प्रवर्दन गर्ने क्षेत्र, पालिकाको समन्वय लगायतका विषयमा आफ्नो प्रस्तुती राखेका थिए । कार्यक्रमका प्रमुख अतिथी गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुन, विशिष्ट अतिथी गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारी र प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वली लगाएतले मन्तवय प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, बिभिन्न समुह÷सहकारीका प्रतिनिधि, एग्रोभेट संचालक, व्यापारि, बिषयगत शाखा प्रमुखहरु, कृषि उद्यमि, पत्रकार, बैक÷बित्तिय संस्थाका पदाधिकारीहरु लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण मुल्य श्रृंखला तथा व्यवसाय बिकास अधिकृत चन्द्र बहादुर कार्की र फिल्ड कृषि अधिकृत दिक्षा शर्माले गर्नुभएको थियो ।


दमारखोला सल्यानको लाखे अन्तिम दिन
https://youtu.be/XjoN9QVlORI

प्रकाशित मिति: २०२२-०९-०६ , समय : १९:४३:०८ , १ वर्ष अगाडि