दक्षिण अमेरिकी विश्वकप छनोट खेलमा अर्जेन्टिना र उरुग्वे विजयी-

Salyan Paribesh , ३४२  पटक हेरिएको

काठमाडौं । दक्षिण अमेरिकी विश्वकप छनोटको खेलमा अर्जेन्टिना र उरुग्वे विजयी भएका छन् । बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले घरेलु मैदानमा कोलम्बियालाई १-० ले पराजित गरेको हो । अर्जेन्टिनाको जितमा लौटारो मार्टिनेजले खेलको २९औँ मिनेटमा निर्णायक गोल गरे ।
[smartslider3 slider=”9″]
जितपछि लियोनल मेस्सीबिनाको अर्जेन्टिना १५ खेलबाट २९ अंकसहित दोस्रो स्थानमा छ । पराजित कोलम्बिया १६ खेलबाट १७ अंकसहित सातौं स्थानमा छ । बिहानै भएको खेलमा उरुग्वेले भेनेजुयलालाई ४-१ अन्तरले पराजित गरेको छ । जितपछि उरुग्वेले १६ खेलबाट २२ अंक सहित चौथो स्थानमा उक्लिएको छ । ब्राजिल र अर्जेन्टिना यस अघि नै विश्वकपका लागि छनोट भइसकेका छन् ।

प्रकाशित मिति: २०२२-०२-०२ , समय : १७:४१:१७ , १ वर्ष अगाडि