Salyan Paribesh , १०५६ पटक हेरिएको

काठमाडौं।
नेपाली क्रीकेटर सन्दीप लामिछानेलाई पक्राउ गर्न विमानस्थलमा प्रहरी तैनाथ अवस्थामा रहेको छ ।१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका उनलाई नेपाल आउनासाथ पक्राउ गर्न तयारी अवस्थामा रहेको प्रहरी उच्च स्रोतले बताएको छ । उनी विमानस्थलबाट ओर्लनसाथ पक्राउ पर्ने छन् । प्रहरी स्रोतका अनुसार उनी आज साँझ त्रिभुवन विमानस्थलमा आईपुग्ने छन् ।
लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले २३ भदौमा अनुमति दिएको थियो ।लामिछाने हाल देश बाहिर छन् । नेपाल क्रिकेट संघ क्यानका अनुसार उनले आफ्नो संलग्नता अस्वीकार गर्दै कानुनी सहायताका लागि अनुरोध गरेका छन् ।
आउदै गरेको बडा दशैँ तथा दिपा वलीको शुभकामना
प्रकाशित मिति: २०२२-०९-११ , समय : २३:२४:१९ , १ वर्ष अगाडि