‘हेलो मुख्यमन्त्री’ शिवालय गाउँ पालिकामा जनचेतनाअभिबृद्वि कार्यक्रम सम्पन्न

Salyan Paribesh , ४७८  पटक हेरिएको

जाजरकोट । हिजो (बिहिवार ) जाजरकोट शिवालय गाउँ पालिकामा जनचेतनाअभिबृद्वि कार्यक्रम सहकर्मी समाजको आयोजनामा सम्पन्न भएको छ। प्रदेश सरकारको गुनासो व्यवस्थापनमा कसरी जोडिने भन्ने विषयमा छलफल भएको थियो ।

कर्णाली प्रदेश सरकारले केही बर्ष अघि देखि ‘हेलो मुख्यमन्त्री’ कार्यक्रम ल्याएको छ । सरकारले ल्याएको कार्यक्रम अहिले सम्म जनता सम्म पुग्न सकेको छैन् । तत्कालिन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको कार्यकालमा प्रदेशवासीहरुलाई सिधैं मुख्यमन्त्री सँग जोड्ने उक्त कार्यक्रमको सञ्चालन गरिएको थियो ।

प्रदेश सरकारलाई नागरिकप्रति जवाफदेही बनाउन स्थापना गरिएको कार्यक्रमको उचित प्रचार नहुँदा अहिले पनि कर्णालीवासीको सरकार सँग राम्रो सम्बन्ध जोडिन सकेको छैन् ।

गुनासो, जानकारी, सूचना पोख्ने थलोका रुपमा स्थापना गर्ने प्रदेश सरकारको योजना छ । अहिले उक्त कार्यक्रमलाई प्रभावकारी बनाउन यूएन डिपीको सहयोगमा सहकर्मी समाजले काम गरिरहेको छ ।

प्रदेश सरकारले नागरिकको सजिलोका लागि एनरोइड मोबाइलमा चल्ने मोबाइल एप ‘हाम्मा कुडा’ सञ्चालनमा ल्याएको छ । प्ले स्टोरमा गएर सिधैं डाउनलोड गर्न सकिने मोबाइल एप मार्फत सिंधैं गुनासो राख्न सकिने कार्यक्रममा फोकल पर्सन नवराज जोशीले जानकारी दिए । समान्य गुनासो, जरुरी गुनासो र अति जरुरी गुनासो गरी तीन क्याटाग्रोरीमा राखिएको छ ।

हटलाईन मार्फत १०९६ मा सिधैं कल गरी प्रदेश सरकारमा गुनासो गर्न सकिने जोशीले बताए । प्रदेश भित्र रहेका शिक्षा,स्वास्थ्य, खानेपानी, सञ्चार, विद्युत, प्रर्वाधार, कृषि लगायतका गुनासोहरु पठाउन सकिने छ । यस्तै, गुनासो व्यवस्थापनका लागि प्रदेश सरकारले वेवासाइट समेत निर्माण गरेको छ ।

प्रकाशित मिति: २०२२-०९-१६ , समय : १०:२३:४१ , ६ महिना अगाडि