मुक्तक:मनमा बसेको मान्छेलाई बिर्सिन पाईन्छ र?दिल बिक्रम

Salyan Paribesh , ४९७०  पटक हेरिएको

१) पढेको छु लेखेको छु,लोकसेवा पास गरेको छु।।
जागीर खाएर अनि घरबार बसाउने सोचेको छु ।।
मंसिरमा घरबार जोड्ने प्रस्ताव छ मेरो उनलाई ।।
स्वीकार हुन्छ कि हुदैन प्रखाईमा बसेको छु ।।

२) किना मलाई सम्झना आउँछ होला?भुपु मायाको।।
र त किना मन मेरो चस्काउछ होला?भुपु मायाको।।
म त आफ्नै स्यानिको अंगालोमा रहि रहदा पनि।।
किना यति धेरै माया लाउछ होला? भुपु मायाको।।

३) काटेर गएकि छौ मेरा खुट्टा बधाइ छ प्रिय
बगाइ मेरा यि आसुको धारा बधाई छ प्रिय
बिछोडको मेरै हातमा सुम्पिएर सुपारी
बिहेको दिएर गयौं निम्ता बधाई छ प्रिय


आउदै गरेको बडा दशैँ तथा दिपावलीको शुभकामना

प्रकाशित मिति: २०२२-०९-१७ , समय : १०:३२:३१ , १ वर्ष अगाडि