अछाममा पहिरोले पुरिएर ८ जनाको मृत्यु, १० जना बेपत्ता

Salyan Paribesh , ४९८  पटक हेरिएको

१ असोज, । अछाममा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
कमलबजार नगरपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर थप ६ जनाको मैत्यु भएपछि मृतकको संख्या ८ पुगेको स्थानीय प्रशासनले जानकारी दिएको छ ।

कमलबजार नगरपालिका-६ मा पहिरोले घर पुरिँदा बेपत्ता भएका ७ मध्ये थप चार जनाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए । उनका अनुसार पहिरोमा पुरिएका अन्य तीन जनाको खोजी भइरहेको छ ।

ढकारी गाउँपालिका-६ मा पनि पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको रिजालले बताए ।
उनकाअनुसार तीनजनालाई घाइते अवस्थामा उद्दार गरिएको छ । उनीहरुको उद्दारका लागि हेलिकोप्टर मगाइएको छ ।
यसअघि तुर्माखाद गाउँपालिका–५ काँडामा घर पुरिंदा २ जनाको शव फेला परेको थियो भने सात जना अझै बेपत्ता छन् ।


आउदै गरेको बडा दशैँ तथा दिपावलीको शुभकामना

प्रकाशित मिति: २०२२-०९-१७ , समय : १०:५४:२९ , ५ महिना अगाडि