Salyan Paribesh , २७५१ पटक हेरिएको

साउदी/आश्विन ४, तुला राम डाँगी क्षेत्रि नेपाल मगर संघ शाखा साउदी अरब क्षेत्रिय समिति रियाद द्वारा यहि सेप्टेम्बर ३० तारिखमा “हाम्रो पहिचान, भाषा सस्कृति र भेषभुषाको संरक्षण” तथा बृहत सास्कृतिक कार्यक्रम गर्न गैरहेको छ।
उक्त दिनको कार्यक्रमको लागि आयोजकको तर्फ बाट पूर्ण रुपमा तयारी भै सकेको जानकारी नेपाल मगर संघ शाखा साउदी अरबका संस्थापक तथा वरिष्ठ सल्लाहकार जित थापा मगरले सल्यान परिवेश डट्कम लाइ जानकारी गराउनु भएको छ, र जहाँ रहे पनि आफ्नो पहिचान, भाषा लिपि तथा मगर संस्कृति हरुको जगेर्ना गर्नुपर्ने हाम्रो दायित्व र कर्तव्य रहेको पनि बताउनु भएको छ। कार्यक्रम मा साउदी अरबमा आबध्द सम्पुर्ण संघ संस्था हरुलाई सबै निमन्त्रणा गरि सकेको र कार्यक्रम सम्भवतः सफल हुने दावी समेत संथापक ज्युले बताउनु भएको छ।
कार्यक्रममा साउदी अरबका स्थानिय कलाकार हरु बाट विभिन्न गीत तथा नृत्य प्रस्तुत गरिने छ, साथमा सम्भव रहे सम्म प्रत्यक्ष लोक दोहोरी पनि हुने बताउनु भएको छ।
साउदी अरबको राजधानी रियाद स्थित एक्जिट ९ को पार्टि प्यालेस हलमा नेपाल मगर संघ शाखा साउदी अरब क्षेत्रिय समिति रियाद द्वारा आयोजित कार्यक्रम आगामी सेप्टेम्बर ३० तारिखमा हुन गैरहेको छ ।
उक्त दिन साउदी अरबमा रहनुहुने सम्पुर्ण ।संघ संस्था, लगायत सबै दाजुभाइ तथा दिदि बहिनिहरुले गरिमामय उपस्थिति गरि “हाम्रो पहिचान, भाषा सस्कृति र भेषभुषाको संरक्षण” तथा बृहत सास्कृतिक कार्यक्रमलाइ सब्य र भव्य रुपले सफल पारिदिनुहुन नेपाल मगर संघ शाखा साउदी अरब क्षेत्रिय समिति रियादले हार्दिक अपिल गरेको छ।
स्थान: एक्जिट ९, पार्टि प्यालेस
मिति: ३०, सेप्टेम्बर २०२२, शुक्रबार
समय: बिहान ११ बजे देखि
——————-
आयोजक
———–
नेपाल मगर संघ शाखा साउदी अरब क्षेत्रिय समिति रियाद
आउदै गरेको बडा दशैँ तथा दिपावलीको शुभकामना
प्रकाशित मिति: २०२२-०९-२० , समय : ०१:०६:३९ , १ वर्ष अगाडि