छेडागाड नगरपालिका २ साल्मामा जीप दुर्घटना हुदाँ ६ जना घाइते

Salyan Paribesh , ७५३  पटक हेरिएको

जाजरकोट असोज ०४ । जाजरकोट जिल्लाको छेडागाड नगरपालिका २ साल्मामा जीप दुर्घटना हुदाँ ६ जना घाइते भएका छन् । सुर्खेत—दैलेख हुदै जाजरकोट आउन लागेको कर्णाली प्रदेश ००१ च ०३४४ नम्बरको बोलेरो जीप दुर्घटना हुदाँ ६ जना घाइते भएको स्थानीय तिलक खड्काले जानकारी दिए छन्  ।

उनका अनुसार मध्यपहाडी लोकमार्ग हुदैं आएको जीप छेडागाड नगरपालिका २ को वडा कार्यालय नजिक दुर्घटना परेको छ । जीपमा सवार चालक सहित ६ जना घाइते भएका छन् ।

घाइतेहरु मध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको उपचारका लागि नगरपालिकाको एम्बुलेन्स मार्फत प्रदेश अस्पताल सुर्खेत लैजाने तयारी भएको खड्काले बताए हुन् । जीप सडक बाट अन्दाजी २ सय मिटर तल खसेको थियो । जीप दुर्घटनाको कारण भने खुल्न सकेको छैन् ।

प्रकाशित मिति: २०२२-०९-२० , समय : ०९:४२:०२ , १ वर्ष अगाडि