कुवादेखि दरबारसम्म फैलिएको टुकुचा

Salyan Paribesh , ३२२  पटक हेरिएको

४ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ४ मा पर्ने पूर्वराजा ज्ञानेन्द्र शाहको निवास निर्मलनिवास पछाडि चुनदेवी मन्दिर छ ।

निर्मलनिवास र मन्दिर भएको स्थान काठमाडौंको उत्तरी भागको पानीढलो हो । मन्दिरदेखि उत्तरतर्फ लागेपछि चक्रपथ आउँछ । जुन केही समथरपछि थोरै ओरालो रहेको छ । तर मन्दिरबाट चण्डोलतर्फ भिरालो छ । त्यही ओरालोको सिमसार क्षेत्रमा चुनदेवी मन्दिरको एउटा कुवा छ ।

स्थानीय बासिन्दाले अहिले पनि नुहाउन, लुगा धुन प्रयोग गरिने पानी त्यही कुवाबाट लैजाने गर्दछन् । त्यो चुनदेवी मन्दिर परिसरमा रहेको कुवा नै काठमाडौंको ६ किलोमिटर लामो टुकुचा खोलाको मुख्य मुहान हो ।

आउदै गरेको बडा दशैँ तथा दिपावलीको शुभकामना
https://youtu.be/jv5ThGpEJk4

काठमाडौं वडा नम्बर ४ का वडाअध्यक्ष दिनेश महर्जनका अनुसार मन्दिरमा रहेको कुवाबाट नै टुकुचाखोला बग्न सुरु भएको हो । ‘कुवाबाट दक्षिणतर्फको चुनदेवी बस्ती हो । यो बस्तीमा मुहानबाटै टुकुचा बगेको त देखिन्न यहींबाट रसाएर पानी बग्छ । त्यसले गर्दा यो क्षेत्र सधैं सिमसार नै देखिन्छ’ कुवा देखाउँदै अध्यक्ष महर्जनले भने, ‘यो बस्ती पहिले थिएन, भिरालो जमिनमा पानी रसाएर बग्थ्यो । पछि बस्ती विस्तार भएपछि यो क्षेत्रमा पानी निस्किन कम भएको छ तर निस्किनै छोडेको चाहिं छैन ।’

चुनदेवी बस्तीबाट गणेशबस्तीमा आइपुग्दा टुकुचा खोलाले सानो खोल्साको आकार लिएको देखिन्छ । गणेशबस्ती क्षेत्रमै टुकुचाको सहायक स्रोत रहेको स्थानीय अगुवा देवराज लामाको दाबी छ ।

‘गणेशबस्तीमा पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीको घर रहेको छ । उहाँकै घर छेउछाउ कुनै समय सिमसार क्षेत्र हो । पहिले पहिले यहाँ धान खेती गरिन्थ्यो । खेतमा रोपाइँ गर्ने पानी अन्तबाट ल्याउनै पर्दैनथ्यो । अहिले त पूरै बस्ती भइसकेको छ’ लामा थप्छन्, ‘यहाँबाट वर्षामा पानीको मूल फुट्ने गर्थ्यो हिउँदमा रसाएको पानीले हिंड्नै नसक्ने हिलो हुन्थ्यो । यहाँ निस्केको पानी र चुनदेवी मन्दिरको कुवाबाट आएको पानी पञ्चकन्या बस्तीमा मिलेपछि खोल्सा बनेको छ । त्यही खोल्सा तल गएर पानी बढ्दै गएपछि इच्छुमती हुन्छ ।’


पाचदिन देखि सम्पर्कबिहिन जित बहादुर घर्तिलाइ खोजिदिन परिवारको गुहार

आउदै गरेको बडा दशैँ तथा दिपावलीको शुभकामना
https://youtu.be/jv5ThGpEJk4


नेपाल मगर संघ शाखा साउदी अरब क्षेत्रिय समिति रियादले सेप्टेम्बर ३० को बृहत सास्कृतिक कार्यक्रम गर्दै

प्रकाशित मिति: २०२२-०९-२० , समय : २३:३७:२५ , ६ महिना अगाडि