Salyan Paribesh , ५८६० पटक हेरिएको

”साहित्यको संरक्षण र सम्बर्द्धन हाम्रो अभियान-
जोगाउँ, बचाउँ, बनाउँ, हाम्रो पहिचान” भन्ने मूल आदर्शको वाक्य बोकेको यस जाजरकोटी साहित्यिक आवाज जाजरकोटले हजारौं चुनौती हरु झेल्दै, लड्दै, संघर्ष गर्दै जाजरकोट जिल्लाको भेरी नगरपालिका खलंगामा “तेस्रो जाजरकोट महफिल “गर्ने भएको छ।
नेपाली साहित्यको उन्नयन विकास संग-संगै जाजरकोटको साहित्य क्षेत्रको उत्थान,विकास, संरक्षण र सम्बर्द्धनको निमित्त बडा दशैको सुवर्ण अवसर संग-संगै हामी निरन्तर रुपमा लागिरहेका छौँ ।
भेरी नगरपालिका, जाजरकोटका मेयर साहेब आदरणीय व्यक्तित्व श्री चन्द्र प्रकाश घर्ती (CP) को प्रमूख आतिथ्यतामा देशका विभिन्न क्षेत्रका तिन चर्चित गजलकारहरु :-
-महेन्द्र चन्द महसागर (दैलेख)
-सुमन स्मारिका (कैलाली)
– इन्द्र लम्साल (सुर्खेत)
लाई सहजीकरण बाबू त्रीपाठीको साथमा सुन्ने छौँ ।
गजल गल्ली गजल संग्रह विमोचन कार्यक्रम कार्यक्रम
विशेष आकर्षण :-
– लेखक :- विपिन सलामी जन्मथलो डोटी भई कर्मथलो राजधानी काठमाडौँ मा
भेरी नगरपालिका खलंगामा बडा दशैँ २०७९ को अवसर पारी राखिएको यस “तेस्रो जाजरकोट महफिल” मा काठमाडौँ, सुर्खेत, दैलेख, बाँके, बर्दिया, सल्यान, रुकुम, कालिकोट,अछाम, लगायतका अधिकांश अन्य विभिन्न जिल्लाहरुबाट राष्ट्रिय स्तरका आदरणीय व्यक्तित्व गजलकारहरु तथा साहित्यिक मनहरुको उत्साहप्रद सहभागिता रहनेछ । भन्नेमा विश्वस्त छौँ ।
हामी कार्यक्रम लाई भब्य र सभ्य बनाउन निरन्तर लागि रहेका छौँ । यो कार्यक्रमलाई अझै ब्यवस्थित र बिशेष बनाउनका लागी तपाईहरु सम्पुर्णको साथ,सहयोग र सहभागीताको आवश्यकता रहेको छ। कार्यक्रममा भौतिक रुपमा तपाईहरु सम्पूर्णको गरिमामय उपस्थितिको लागि यसै सूचना मार्फत हार्दिक निमन्त्रणा गर्दछौ ।
कार्यक्रमका प्रमुख अतिथि :- भेरी नगरपालिका नगर प्रमूख श्री चन्द्र प्रकाश घर्ती (CP)
कार्यक्रम :– मिति २०७९/०६/११ गते
कार्यक्रम स्थान :– रम्बा होटेल सभा हल जाजरकोट
आर्थिक सहयोग :– भेरी नगरपालिका जाजरकोट
आयोजक :– जाजरकोटी साहित्यिक आवाज जाजरकोट
अध्यक्ष :- भाबुक रिदम बाबु
फोन :– ९८६९४८३७३३
सम्पर्क व्यक्तिहरु :-
जनक चन्द ऋतु :- ९८४८०१०५१६
प्रेम आर्बी :- ९७४५२२१०९५
महेन्द्र शाही समिरण :- ९८४८२०९८८७
आउदै गरेको बडा दशैँ तथा दिपावलीको शुभकामना
https://youtu.be/jv5ThGpEJk4
प्रकाशित मिति: २०२२-०९-२२ , समय : ११:१२:३३ , १ वर्ष अगाडि