Salyan Paribesh , ७७४५ पटक हेरिएको

जून तारा साहित्य समाजको आयोजनामा २०७९ असोज १ गतेदेखि ४ गतेसम्म खुल्ला गजल प्रतियोगीता राखिएको थियो ।उक्त गजलहरुको नतिजा आज सार्वजनिक भएको छ ।यश कार्यक्रमलाई प्रचारप्रसारको सहजीकरणमा ओजेल खबर र सल्यानपरिवेशले महत्त्वपूर्ण भुमिका खेलेका थिए।
खुल्ला अनलाइन गजल प्रतियोगितामा ४० जनाको सहभागीता रहेको थियो ।उक्त सहभागिता मध्य प्रथम सागर भण्डारी (बिभोर) ,द्वितीय राजन बिष्वदिप,तृतीय हिउँकला खतिवडा र सान्त्वना राजकुमार श्रेष्ठ फुच्चे हुनु भएको छ ।साथै प्रमाणपत्र र पुरस्कर को पनि ब्यस्था रहेको छ।उत्कृष्ट १० गजलका श्रष्टालाई पनि सम्मान पत्र दिएको छ ।
प्रयासी प्रविना पौडेलले असोज ७ गते आफ्नो जन्म दिनको अवसर पारेर साहित्यको विकासको लागि पुरस्कार प्रयोजन गर्नु भएको थियो । जसलाई आयोजक परिवारले निर्णायकको भूमिका निर्वाह गरि नतिजा तयार गरेको छ। नतिजा निकाल्न अथवा निर्णायक गर्न निकै कठिनाइको विषय रहेको हो । नतिजा सबैलाइ चित्तबुझ्दो रहेको विश्वास गरेको जून तारा साहित्य परिवारले जानकारी दिएको छ । गजलमा काफिया, रदिफ, तकाबुल, भाषिक, शुद्धता र भाव हेरेर गजल छनोट गरिएको छ । जान्ने गजलकार ज्यूहरू को गजलमा काफिया दोष र तकाबुल आएको थियो। गजल पठाउनु भन्दा पहिले पुर्व एक पटक हेरेर पठाउन समेत आग्रह गरेको छ ।
गजल रेडियो सुनकोशी एफएम ९० मेघाहर्ज र जून तारा साहित्य समाजको युटुब च्यानल समेत सुन्न सकिने छ ।
विजेताहरुलाई रिचार्ज कार्डको उपलब्ध भएको ले नेपालको फोन नम्बर तथा कुन सिम छ जानकारी यसै संस्थाको मेसेज बक्समा अथवा पुरस्कार प्रयोजक @प्रयासी प्रविना पौडेल को मेसेज बक्समा सम्पर्क गरि आफ्नो पुरस्कार लिन हार्दिक अनुरोध समेत गरिएको छ ।
प्रथम पुरस्कार ३००/-
द्वितीय पुरस्कार २००/-
तृतीय पुरस्कार १००/-
सान्त्वना पुरस्कार ५०/-
आउदै गरेको बडा दशैँ तथा दिपावलीको शुभकामना
https://youtu.be/jv5ThGpEJk4
प्रकाशित मिति: २०२२-०९-२२ , समय : १९:३५:०२ , १ वर्ष अगाडि