Salyan Paribesh , ६१२ पटक हेरिएको

असाेज ११ रोल्पा – भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन। पक्राउ पर्नेमा त्रिवेणी गाउँपालिका-२ धनबाङ बस्ने २८ वर्षीय बिक्रम कुमार बोहोरा रहेको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।
उनलाई साेमबार साेहि गाउँपालिका -१ घाेगेबाट १ थान भरूवा बन्दुक र २ थान छर्रा सहित ईलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरीले बन्दुक बोकी हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश भुसालले बताए।
आउदै गरेको बडा दशैँ तथा दिपावलीको शुभकामना
https://youtu.be/jv5ThGpEJk4
प्रकाशित मिति: २०२२-०९-२८ , समय : ०१:२१:३२ , ८ महिना अगाडि