सल्यान कपुरकोट नजिकै मुलपानीमा जिप दुर्घटना ८ जनाको मृत्यु

Salyan Paribesh , २४१५  पटक हेरिएको

सल्यान/असोज १२,- बुधबार बिहान.०३:३० बजेको समयमा जिल्लाको कपुरकोट ३ गाउँपालिका ३ मुलपानि स्थित राप्ति राजमार्गमा बाँके कोहलपुर ढकेरीबाट सल्यानको रिम तर्फ जादै गरेको रा.१ ज.५६३ नंम्बरको जिप अनियन्त्रित भई सडकबाट अं. १५० मिटर तल खस्न गइ दुर्घटना भएको थियो ।

उक्त जिपमा सवार जम्मा ९ जना मध्य १ जना महिला ७ जना पुरुषको घटना स्थलमै मृत्यु भएको  छ भने १ जना पुरुष ब्यक्ति सिरियस घाईते अबस्थामा फेला परेका छन ।

मृतकहरुको विवरण
1) चालक जि.सल्यान कपुरकोट गा.पा.६ जलबाँङ बस्ने बर्ष अं.२१ को जित बहादुर बोहोरा (घटना स्थलमै मृत्यु भएको) ।
2) ऐ.ऐ.बस्ने वर्ष अ.३७ को धर्मा ओली (घटना स्थलमै मृत्यु भएको) ।
3) ऐ.ऐ.बस्ने वर्ष अ.४० को टोप बहादुर ओली (घटना स्थलमै मृत्यु भएको) ।
4) निजकै छोरा वर्ष अ.११ को बसन्त ओली (घटना स्थलमै मृत्यु भएको) ।
5) ऐ.ऐ. बस्ने वर्ष अ.३० को सुरेश खत्री (घटना स्थलमै मृत्यु भएको) ।
6) ऐ.ऐ.बस्ने वर्ष अ.७० को खुमलाल ओली (घटना स्थलमै मृत्यु भएको) ।
7) ऐ.ऐ.बस्ने वर्ष अ.५५ कि कुमारी ओली (महिला) (घटना स्थलमै मृत्यु भएको) ।
ऐ.५ रीम बस्ने वर्ष अ.३५ को ललित ओली (घटना स्थलमै मृत्यु भएको) ।

घाईते :जि.सल्यान कपुरकोट गा.पा.६ जलबाँङ बस्ने बर्ष अं.३५ को तिलक ओली । प्रादेशिक अस्पताल दाङमा उपचार भईरहेको ।


आउदै गरेको बडा दशैँ तथा दिपावलीको शुभकामना

प्रकाशित मिति: २०२२-०९-२८ , समय : ०९:५०:२८ , १ वर्ष अगाडि