निवार्चनको मिति घोषणा नहुँदासम्म नामावली संकलन

Salyan Paribesh , १३८७  पटक हेरिएको

काठमाडौं
२०-माघ/ निर्वाचन आयोगले स्थानीय चुनावको मिति घोषणा नहुँदासम्म फोटोसहितको मतदाता नामावली संकलन जारी राख्ने बताएको छ । कानुनअनुसार मिति घोषणा भएको दिनसम्मको मात्रै विवरण अद्यावधिक गरी अन्तिम नामावली प्रकाशन गरिने आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए ।

सरकारले निर्वाचन आयोगले स्थानीय चुनावका लागि प्रस्ताव गरेको जेठ ४ लाई घोषणा गर्ने सम्भावना छ । आयोगले ७ सय ५३ स्थानीय तहकै निर्वाचन एकै चरणमा गर्नुपर्ने प्रस्ताव गरेको छ । प्रस्तावलाई सरकारले सकारात्मक रूपमा लिएको आयोगले विज्ञप्तिमार्फत जनाएको छ ।
[smartslider3 slider=”9″]
स्थानीय चुनावलाई लक्षित गरेर आयोगले विशेष अभियान सञ्चालन गरी गत मंसिर १७ देखि १९ सम्म पालिकास्तरमै प्राविधिक खटाएर नामावली संकलन गरेको थियो । उक्त अभियानबाट ८ लाख ४८ हजार थप मतदाताको विवरण संकलन भएको आयोगले जनाएको छ ।

यस अभियानमा १६ वर्ष पुगेकाको विवरण पनि समेटिएकाले मताधिकार प्राप्त १८ वर्ष उमेर पुगेकाको संख्या यकिन भइसकेको छैन । अभियान सकिए पनि ७७ निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन, ७३ वटा इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन भइरहेको आयोगले जनाएको छ ।

प्रकाशित मिति: २०२२-०२-०३ , समय : २१:२७:०३ , २ वर्ष अगाडि