सल्यान परिबेश डट्कम , ७३७१ पटक हेरिएको

यो मनमा उच्च स्थान तिमीलाई मात्र दिन्छु।
ईश्वरलाई झैँ सम्मान तिमीलाई मात्र दिन्छु।
मलाई धेरै मानिसले धेरै तरिकाले चिन्लान
मेरो असली पहिचान तिमीलाई मात्र दिन्छु।
संगै जिउने मर्ने कसम अन्त पनि खाइएला
दिनै पर्यो भने ज्यान तिमीलाई मात्र दिन्छु।
नरिसाउन एकछिन अरुसँग हासेर बोल्दा
जिवनभर मुस्कान तिमीलाई मात्र दिन्छु।
धेरै संग हासो मजाक,ख्यालठट्टा गरेपनि
अन्त्यमा जिवनदान तिमीलाई मात्र दिन्छु।
भरत रोकाय ‘एक्सन’
सल्यान
प्रकाशित मिति: २०२२-१०-१५ , समय : २२:४१:५२ , ८ महिना अगाडि