सत्यमोहन जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा

Salyan Paribesh , ३४६  पटक हेरिएको

काठमाडौै, ३१ असोज । सरकारले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा भोलि मंगलबार सार्वजनिक बिदा दिने भएको छ ।

गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै जोशीको निधनको शोकमा राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, विदेशस्थित कुटनीतिक नियोगहरूमा १ कार्तिक मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।


प्रकाशित मिति: २०२२-१०-१७ , समय : १९:४७:४० , ५ महिना अगाडि