Salyan Paribesh , ८९६ पटक हेरिएको

२१ माघ/ कपुरकोट – तुला राम डाँगी छेत्री
कपुरकोट तथा आसपासका क्षेत्रमा हिजो बिहिवार बेलुकी देखी पानी परिरहेको छ , र यति बेला सवारी साधन लगायत जनजीबन कष्टकर बनिरहेको छ ।जल तथा मौसम पूर्बानुमानका अनुसार यो क्रम अझै एक/दुई दिन जारी रहने छ । हिजो बिहिवार देखी मौसममा परिबर्तन भए संगै पहिलेको भन्दा चिसो महसुस गरिएको छ । अहिले सल्यान कपुरकोट लगायत देशभर पानी परेको छ ।
[smartslider3 slider=”9″]
कपुरकोटमा अहिले पानी परी रहेको छ । उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा हिमपात भएको छ । गएराति देखि नै मेघगर्जन र चट्याङ्ग सहित धेरै ठाउँमा पानी परेको हो । अहिले केही ठाउँमा पानी पर्न रोकिए पनि दिनभर झरी पर्ने सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन।
आज बेलुकीसम्म नै पानी पर्ने र रोकिने क्रम चलिरहने र शनिबारदेखि पश्चिमी क्षेत्रबाट मौसममा सुधार हुने मौसमविदको भनाइ छ ।आइतवार देखि मात्रै मौसममा सुधार आउने मौसमविद्ले बताएका छन ।
फोटो कलेक्सन- धनि प्रसाद खड्का /कपुरकोट
प्रकाशित मिति: २०२२-०२-०४ , समय : १०:२१:४६ , २ वर्ष अगाडि