Salyan Paribesh , १४१५ पटक हेरिएको

दाङ : दाङमा एउटै खाडलमा गाडिएको अवस्थामा २ जनाको शव फेला परेको छ । आइतबार तुलसीपुर उपमहानगरपालिका १३ दमारगाउँको जङ्गलमा एउटै खाडलमा गाडिएको अवस्थामा फेला परेको हो । मृत फेला पर्नेमा तुलसीपुर १३ दमारगाँउ निवासी १५ वर्षीय शरद आचार्य र वर्ष १५ कै रोशनी महतरा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी पुष्पराज मल्लले जानकारी दिए ।
असोज २७ गते साँझ घरबाट निस्केका १५ बर्षका शरद आचार्य भोलीपल्ट बिहानसम्म सम्पर्क बिहिन भएपछि घर परिवार आत्तिए । दंगीशरण गाउँपालिका–६ थपगाउँ घर भएका शरद तुलसीपुर उपमहानगरपालिका–१३ दमागरगाउँ स्थित मावलीको घरमा बस्दै आएका थिए ।
सानै उमेरदेखि आफ्नो घरमा बस्दै आएका नाति हराएपछि मावलकी हजुरआमा याम कुमारी खड्का आतिइन् । हजुरआमाले दमारगाउँ प्रहरी चौकी हुँदै ईलाका प्रहरी कार्यालय तुलसीपुरसम्म खबर गरिन् । एउटै गाँउमा बस्दै आएकी १५ बर्षकी रोशनी महतारा पनि हराएपछि दुबै संगै भागे कि भन्ने आशंका प्रहरी र स्थानीयले गरे ।
बालबालिकाको हत्या योजना बद्ध तवरले गरिएको प्रहरीले अनुमान गरेको छ । ‘ठूलो खोंच रहेछ । पानीको धारले पारेको गहिरो खाडलमा हत्या गरेर पहिला बालिका त्यसमाथि बालकलाई राखेर पुरिएको छ ।’ प्रहरी निरीक्षक पर्वत केसीले भने । दुबैजनाको टाउको र मुख तथा शरिका विभिन्न भागमा निलडाम रहेको छ भने बालकका औंलाहरु छियाछिया भएको प्रनि केसीले बताए ।
बुवा र आमा बिच सम्बन्ध विच्छेद भएपछि शरद मावलीको घरमा बसेर बढ्दै आएका थिए भने रोशनीका बुवा र आमा रोजगारीको शिलशिलामा भारतको सिमलामा रहेका छन् । दुबै जनाले अम्बिकेश्वरी मावि अम्बापुरमा कक्षा ८ र ९ मा पढ्दै आएका थिए । दुबैजना बालबालिका बिच केहि समय यतादेखि माया प्रेमको जस्तो सम्बन्ध देखिएको स्थानीयले बताएका छन् । यद्यपी यसको पुष्टि भने भएको छैन ।
स्थानीयले जङ्गलमा गाडिएको अवस्थामा शव देखे पछि आइतबार प्रहरीलाई खवर गरेका थिए । घटनाको विषयमा थप अनुसन्धान भई रहेको प्रहरीले बताएको छ । मृतक शरद र रोशनी स्थानीय अम्बापुर माध्यामिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिए । उनीहरू प्रेम सम्बन्धमा रहेकोले भागेको घरपरिवारको अनुमान थियो ।
बडा दशैँ तथा दिपावलीको शुभकामना
प्रकाशित मिति: २०२२-१०-१७ , समय : २०:३१:११ , १ वर्ष अगाडि