एमाले अध्यक्ष ओली बिरामी

Salyan Paribesh , ४०३  पटक हेरिएको

दमक – आज दिउँसो गृहजिल्ला झापा आइपुग्नुभएका नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ हुनुभएको छ ।झापा क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका अध्यक्ष ओली चुनाव प्रचारप्रसारका क्रममा आज झापा आउनुभएको हो । उहाँलाई ज्वरो आएको र औषधि खाएर घरमै आराम गरी आउनुभएको एमाले पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले बताउनुभयो ।

तीनदिने चुनावी प्रचार अभियानका क्रममा सहभागी हुन उहाँ झापा आउनुभएको हो । अध्यक्ष ओलीलाई ज्वरो आएपछि आज दमकमा पत्रकार सम्मेलनसहित कार्यकर्ता भेटघाटका कार्यक्रम स्थगित गरिएको एमाले जिल्ला अध्यक्ष दिपक कार्कीले बताउनुभयो ।

बडा दशैँ तथा दिपावलीको शुभकामना
https://youtu.be/jv5ThGpEJk4

प्रकाशित मिति: २०२२-१०-१८ , समय : २१:५९:२० , ८ महिना अगाडि