सन्दीपमाथि अनुसन्धानका लागि फेरि म्याद थप्ने तयारी

Salyan Paribesh , १८३४  पटक हेरिएको

काठमाडौं । बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली क्रिकेट टीमका निलम्बित क्याप्टेन सन्दीप लामिछानेमाथि अनुसन्धानका लागि तेस्रो पटक म्याद थपको तयारी गरिएको छ । त्यसका लागि उनलाई आज बुधबार जिल्ला अदालत काठमाडौं लैजाने तयारी गरिएको छ ।

२० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उनीमाथि यसअघि २४ असोज र २७ असोजमा अनुसन्धानका लागि म्याद थप गरिएको थियो । पछिल्लो पटक २७ असोजमा अदालतले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

लामिछानेमाथि १७ वर्षीया किशोरीले बलात्कार आरोपमा जाहेरी दिएपछि क्याप्टेनबाट निलम्बनमा परेका थिए, भने प्रहरीले असाेज २० गते विमानस्थलबाटै पक्राउ गरेको थियो ।


बडा दशैँ तथा दिपावलीको शुभकामना

काठमाडौँको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोपमा ती किशोरीले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् । सन्दीप त्यसबेला क्यारेबियन लिग क्रिकेट खेल्न गएका थिए ।


सल्यानमा सल्यानी र दंगालीको बबाल झाप्रे नाच

प्रकाशित मिति: २०२२-१०-१९ , समय : २०:५४:२८ , ४ महिना अगाडि