Salyan Paribesh , ६५९ पटक हेरिएको

काठमाण्डौं । नेपालबाट हुने आयात र निर्यात घटेको देखिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ अनुसार गत वर्षको तुलनामा चालू आर्थिक वर्षको २ महिनाको अवधिमा आयात र निर्यात घटेको देखाएको हो ।
बैंकका अनुसार गत आर्थिक वर्षको तुलनामा नेपालको निर्यात ३४ प्रतिशतले घटेको छ भने आयात १३ प्रतिशतले घटेको छ । तथ्याङ्कअनुसार चालू आर्थिक वर्ष २०७९÷८० को साउन र भदौ महिनामा नेपालबाट २८ अर्ब ६८ करोड रुपैयाँको निर्यात भएको छ ।
बडा दशैँ तथा दिपावलीको शुभकामना
https://youtu.be/jv5ThGpEJk4
गतवर्ष २०७८÷७९ को २ महिनाको अवधिमा नेपालको निर्यात ११५ प्रतिशतले बढेको थियो । यस अवधिमा नेपालबाट भारततर्फ हुने निर्यात ४५ दशमलव २ प्रतिशतले र चीनतर्फ हुने निर्यात २१ दशमलव ६ प्रतिशतले घटेको छ ।
तथ्याङ्क अनुसार यस अवधिमा नेपालले विदेशबाट २ खर्ब ७३ अर्ब ६० करोड रुपैयाँ आयात गरेको छ । गत वर्षको यही अवधिमा यस्तो आयात ७५ दशमलव ९ प्रतिशतले बढेको थियो । भारतबाट हुने आयात ९ दशमलव ५ प्रतिशतले घट्दा चीनतर्फबाट हुने आयात १३ दशमलव ३ प्रतिशतले घटेको छ । यस्तै, अन्य मुलुकबाट हुने आयात २० दशमलव ७ प्रतिशतले घटेको तथ्याङ्कले देखाएको छ ।
सल्यानमा सल्यानी र दंगालीको बबाल झाप्रे नाच
https://youtu.be/4TDGUbnwx-0
प्रकाशित मिति: २०२२-१०-२३ , समय : ००:०५:२४ , ११ महिना अगाडि