Salyan Paribesh , ६८७ पटक हेरिएको

कार्तिक ६ दाङ । राप्रपा दाङ क्षेत्र न.३ ले आफ्नो ११ दिने भुईअभियानलाई आज समापन गर्दै आजैदेखि घरदैलो अभियान थालनी गरेको छ। यो अभियान अन्तर्गत सबै वडाहरुमा सम्पर्क कार्यालय स्थापना ,पार्टी प्रबेश र आफ्ना एजेन्डा प्रस्तुत गर्दै आफ्नो अभियान थालनी गरेको छ। यो कार्यक्रमको समापन पछि पुन : प्रत्येक वडामा आमसभामा परिवत हुने युवानेता एवम् प्रदेश उम्मेदवार हंसराज केसीले बताउनुभयो।
उक्त भुई अभियान समापन कार्यक्रममा केन्द्रिय सदस्य दामोदर भण्डारी,निवर्तमान उच्च कार्यसम्पादन सदस्य टोपबहादुर शाह,जिल्ला अध्यक्ष क्षेत्रबहादुर बस्नेत आमन्त्रित केन्द्रीय सदस्य बिश्वदेव शाह,नगर अध्यक्ष पर्वत बस्नेत लगायत नेताकार्यकर्ताको सहभागीता रहेको थियो। यो पटक जनतामा परिवर्तनको लहर नै चलेको हुँदा आफुमा निकै उर्जा मिलेको र यहि उर्जाले यो पटकको निर्वाचनमा आफुहरुको जित सुनिश्चित भएको बोल्ने बक्ताहरुले बताउनुभयो।
बडा दशैँ तथा दिपावलीको शुभकामना
यो पटक केही ठुला भन्ने दलहरुमा राजनीतिक लाभ लिएका नेताकार्यकर्ता छन भने हामी माज जनता हुनुहुन्छ, यो पटक कसैको रक्सी मासु र पैसाको कुनै काम छैन।यो पटक भ्रष्टहरुहार्दैछन भने जनता जित्दैछन भन्ने कुरा बोल्ने नेताहरुले राख्नुभएको थियो भनी २०० भन्दा बढिले अन्य पार्टी छोटि राप्रपामा प्रबेश समेत गरेका थिए ।
सल्यानमा सल्यानी र दंगालीको बबाल झाप्रे नाच
प्रकाशित मिति: २०२२-१०-२३ , समय : ००:२७:२६ , १ वर्ष अगाडि