सल्यानको कपूरकोट गाउँपालिकामा आँखा जाँच तथा चश्मा वितरण

Salyan Paribesh , २०४५  पटक हेरिएको

सल्यान/ कार्तिक, ६। सल्यानको कपूरकोट गाउँपालिकामा आँखा जाँच तथा चश्मा वितरण गरिएको छ। ४५१ जनाले नाम दर्ता गराएकोमा ३०९ जनाको मात्रै आँखा जाँच गर्न सकिएको र त्यस मध्ये २३१ जनालाई चश्मा वितरण गरिएको छ ।

बाँकी नागरिकहरुलाई फेरी आगामी कार्तिक १९ गते कार्यक्रम राखेर आँखा जाँच तथा चश्मा वितरण गर्ने तयारी भएको छ । आँखा जाचका लागि आएका नागरिकहरु मध्ये ३१ जनाको मोतीयाविन्दुको सल्यक्रिया गर्नुपर्ने अवस्था छ । हेल्पीङ ह्याण्ड नेपाल र आँखा उपचार केन्द्र श्रीनगर सल्यानको सहयोगमा यस गाउँपालिकाले निःशुल्क आँखा जाँच, चश्मा तथा औषधि वितरण कार्यक्रमको आयोजना गरेको हो ।

बडा दशैँ तथा दिपावलीको शुभकामना

आज आँखा जाँचका लागि आएका सबैको परिक्षण गर्न नभ्याइएपछि फेरी कार्तिक १९ गते कार्यक्रम तय गरिएको हो । हाललाई २ हजार व्यक्तिलाई पुग्नेगरी चश्माको व्यवस्थापन गरिएको थियो ।


आँखा जाँच तथा चश्मा वितरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वली संगै आँखा उपचार केन्द्र श्रीनगरबाट नेत्र सहायक नविना चौधरी लगाएतको प्राविधिक टोली, गाउँपालिकाको स्वास्थ्यकर्मी, कर्मचारी लगाएतको टोलि खटिएको थियो ।


सल्यानमा सल्यानी र दंगालीको बबाल झाप्रे नाच



सल्यानमा सल्यानी र दंगालीको बबाल झाप्रे नाच



सल्यानमा सल्यानी र दंगालीको बबाल झाप्रे नाच



लाल ब.महतारा क्षेत्रिको दशैँ गित ऋण

प्रकाशित मिति: २०२२-१०-२३ , समय : ००:५७:३६ , ११ महिना अगाडि