Salyan Paribesh , ३७७८ पटक हेरिएको

म्याड्रिड — रोबर्ट लेवनडोस्कीले इन्ज्युरी समयमा गोल गरेपछि बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार भ्यालेन्सिायमाथि १–० को जित रचेको छ र यससँगै क्लब अंक तालिकाको शीर्ष स्थानमा उक्लिन सफल भएको छ ।
राफिन्हाको क्रसमा पोलिस स्ट्राइकरले ९४ औं मिनेटमा गोल गरे र यो उनको सिजनको १३ औं गोल रह्यो । बार्सिलोनाको ३१ अंक छ भने एक खेल कम खेलेको रियल म्याड्रिड पनि समान ३१ अंकमै छ ।

शनिबारको अन्य खेलमा तेस्रो स्थानमा रहेको एटलेटिको म्याड्रिड काडिजसँग ३–२ ले पराजित रह्यो । हारले एटलेटिको २३ अंकमै सीमित रह्यो । यस्तै रायो भालेकानोले रियल सोसिडाडलाई १–० र आल्मेरियाले सेल्टा भिगोलाई ३–१ ले पराजित गर्यो ।
प्रकाशित मिति: २०२२-१०-३० , समय : ०७:२९:५२ , १ वर्ष अगाडि