निर्वाचनमा हाेमिए सञ्चार क्षेत्रमा ख्याती कमाएका पत्रकार

Salyan Paribesh , ५७४  पटक हेरिएको

आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सिंगो मुलुक होमिएको छ । यस अवधिमा सञ्चार क्षेत्रमा ख्याती कमाएका पत्रकारहरुले समेत विभिन्न राजनीतिक पार्टीमार्फत उम्मेदवारी दिएका छन् ।

पत्रकारहरु दलीय र स्वतन्त्र उम्मेदवारहरु आफ्ना मतदातालाई आकर्षित पार्न प्रचारप्रसारमा लगेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) वरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्रले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फबाट उम्मेदवारी दिएका छन । मिश्रले काठमाडौं क्षेत्र नम्बर १ उम्मेदवारी दिएका हुन् । उनीसँग बिबिसी नेपालीमा लामो समयसम्म पत्रकारीता गरेकाे अनुभव छ । बिबिसी मिडियामा कार्यरत रहदा मिश्र अत्यन्त सफल पत्रकारका रुपमा परिचित थिए । पत्रकारीतामा प्राप्त गरेको ख्याती बाटै मिश्र राजनीतिमा होम्मिएका हुन् । तर पत्रकारीतामा जास्तो मिश्रको राजनीतिक यात्रा सफल भएको पाइदैन तथापी चर्चामा रहने गरेका छन ।

काठमाडौं क्षेत्र नम्बर १ मा मिश्रको प्रतिस्पर्धामा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, नेकपा एमालेका युवा नेता किरण पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम, नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेललगायतका उम्मेदवार रहेका छन् ।

उनी विवेकशील साझा त्यागेर राप्रपासँग एकीकरण गरेर वरिष्ठ उपाध्यक्ष बनेका हुन् । मिश्र २०७४ को संसदीय चुनावमा पनि सोही क्षेत्रमा उम्मेदवार रहेका थिए । उनी त्यसबेला नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग थोरै मतान्तरमा पराजित भएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र २ बाट प्रतिनिधि सभाको लागि उम्मेदवारी दिएका छन् । सञ्चार जगतमा सधै चर्चित व्यक्ति उनी बनिरहे । लामिछाने सिधा जवाफ जनतासँग नाम कार्याक्रम मार्फत थप चर्चामा रहेका थिए । सञ्चार जगतको लामो अनुभवबाट प्राप्त ख्यातिलाई लामिछानेले राजनीतिमा प्रयोग गरेको आम बुझाई छ । आफ्ना दर्शक स्रोतको जितेको मनलाई लामिछाने अन्तत राजनीतिमा उत्रेर सेवा गर्ने प्रतिवद्धता गरेर राष्ट्रिय स्वतन्त्र पार्टी नामक रानीतिक पार्टी स्थापना गरी राजनीतिमा उत्रेका हुन् । लामिछानेको प्रतिस्पर्धामा एमालेबाट कृष्णभक्त पोखरेल र सत्तारूढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठ उम्मेदवार रहेका छन् ।

त्यसैगरी, पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा काभ्रेपलाञ्चोक क्षेत्र नं. २ उम्मेदवारी दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी एमालेका चर्चित नेता बाँस्कोटाको निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका नेता शिव प्रसाद हुमागाई प्रतिस्पर्धाको रुपमा उभिएका छन् ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार समेत रहेका सूर्य थापा प्यूठान निर्वाचन क्षेत्र नं १ बाट उमेदवारी दिएका छन् । पत्रकारीतामा लामो अनुभव बटुलेका थापाले नेकपा एमालेबाट चुनावी मैदानमा उत्रेका हुन । थापको प्रतिस्पर्धामा राष्ट्रिय प्रजातन्त्र पार्टीका लिली बुढाथोकी र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रतिमा बुढा मगरलगायतका उम्मेदवार रहेका छन् ।

प्रकाशित मिति: २०२२-१०-३० , समय : ०७:४९:१९ , ५ महिना अगाडि