Salyan Paribesh , ३२६३ पटक हेरिएको

सल्यान/ कार्तिक, १६/ तुला राम डाँगी क्षेत्रि – एक बर्ष देखि मृत्यु संग लडि रहेकी श्रीमती बचाइदिन श्रीमानको गुहार
गत बर्ष २०७८ मङ्सिर २ गते तुलसीपुर २ खैरिपुर नजिकैको भमके खोलाको पुलमाथि धानको पराल बोकेर घर फर्किदै गरेकी श्रीजना काफ्ले गिरीलाई ना १ क ९१०५ नम्बरको टिप्परले ठक्कर दिएर घाइते बनाइ सोहि ठाउमा फेरी टिप्पर ब्याक गरि मार्ने मनस्थितिले किचेर मरण सम्म पुराउदा पनि न्याय पाइनन।।
९१०५ नम्बरको टिप्परको चालक अहिले जेलमा छन् भने गाडि मालिक इश्वरी कडेल यति बेला फरार छन्। पिडित परिवारको भनाइ अनुसार केहि महिना अघि सुरेश हमाल को पहलमा इश्वरी कडेललाइ झिकाएर घाइते श्रीजना ठिक नहुदा सम्म प्रत्यक महिना ४ लाख हस्पिटलमा बुझाउछु भनि सहमति गरेका कडेल अहिले सम्पर्कबिहिन छन् भने घाइतेको स्थिति अहिले अत्यन्तै नाजुक बन्दै गएको छ।
उनि अहिले जिवन र मृत्यु संग लडी रहेकी छिन। उनीलाई बचाउन स्थर टिकटक फेसबुक देखि लिएर बिभिन्न सामाजिक संजालहरु बाट सहयोगको हात फ़ैलाउदा पनि केहि पार लागेको छैन।
घाइते श्रीजनाको श्रीमान् पहिला उनि सशस्त्र प्रहरी हुन् भने जागिर छोडेर उनि अफ्रिका पुगेका थिए तर अहिले उनि अफ्रिका बस्दै आएका थिए
केहि बर्ष मात्रै अफ्रिका बसेर उनि केहि महिनाको लागि छुट्टी नेपाल आएका थिए। अहिले उनि नेपालमा कमाएको पैसा अनि अफ्रिकामा बसेर कमाएको पैसा र आफ्नो घर जग्गा बेचेर पनि आफ्नो जिवन संगिनीलाई बचाउन सकिरहेका छैनन्।
त्यसैले आफ्नो जीवनसंगिनी बचाईदिनको लागि श्रीमान् पुस्कर गिरीले सम्पूर्ण सामाजिक अभियान्ता, छरछिमेकी,आफन्तजन हरु प्रति हारगुहार माग्नु भएको छ।
एभरेष्ट बैंक लिमिटेड , चन्द्रौटा ब्रान्च / खाता नम्बर , ०४०१०५१६२०१४५०
नोट,
तपाइ डाइरेक्ट पिडितको खातामा आफ्नो सहयोग रकम जम्मा गर्न सक्नु हुन्छ भने यदि कोहि अभियान्ताले सहयोग उठाउदै गरेको बेला आफ्नो नाम ठेगाना टिपाउन नभुल्नु होला।
तिहारको शुभकामना ||
सल्यानको देउसी भैलो भिडियो सहित
यो बर्षको अन्तिम दिन भैली कपुरकोटमा
प्रकाशित मिति: २०२२-११-०२ , समय : ००:५५:२४ , ७ महिना अगाडि