साउदीमा मानसिक सन्तुलन गुमाएका दोलखाका लोचिन नोर्बु लामाको परिवारलाई सम्पर्कमा आउन अनुरोध

Salyan Paribesh , १०२०  पटक हेरिएको

दम्माम,साउदी अरब ।
वैदेशिक रोजगारीको सिलसिलामा साउदी आएका दोलखाको मानसिक सन्तुलन गुमाएका लोचिन नोर्बु लामालाई स्वदेश फर्कन लाग्दा श्रीलंकन एयरले फिर्ता गरेको छ।
दोलखाको लाकुरीडाडा -८ ,भिमेस्वर घर भएका लामाको आज बेलुकी ९:०० बजे दम्माम एयरपोर्ट बाट श्रीलंकन एयरको टिकट रहेको ,उनको मानसिक अबस्था ठिक नभएको हुदा साथी बिना एयरलाईन्सले रिस्क लिन नमानेको एयरपोर्टमा विदाई गर्न गएका गैर आवासीय नेपाल संघ ( एनआरएनए) स्वयंसेवक श्याम कुमार महतोले पिटि अनलाईनलाई जानकारी दिए ।
[smartslider3 slider=”9″]
महत्तोको अनुसार परिवारलाई सम्पर्क गर्न उनको मोबाइलमा कुनै पनि नम्बर नरहेको सोधपुछ गर्दा थाहा छैन भन्ने गरेको बताएको छ। उनलाई नेपाल पठाउन परिवार तथा आफन्तलाई सम्पर्कमा आउन स्वयंसेवक महतोले आग्रह गरेका छन् ।

विगत २ महिना देखी एनआरएनको दम्माम सेल्टरमा आश्रय लिईरहेको लामालाई नेपाली राजदूतावासको समन्वयमा उनको कम्पनी म्याक डोनाल्डले टिकट उपलब्ध गराएको थियोे।
आजको उडानबाट जान नमिलेपनि छिट्टै नै अर्को नेपाल जाने उडान मार्फत नेपाली साथी मार्फत स्वदेश पठाउने जानकारी दिदै महतोले उनको परिवारले एयरपोर्टमा रिसिब गरे सिधै घर पुग्ने र बिचल्ली नपर्नको लागि परिवार तथा आफन्तलाई सम्पर्क आउन आग्रह गरेको हो।
साभार – पिटी अनलाइन

प्रकाशित मिति: २०२२-०२-०४ , समय : २३:२१:४३ , १ वर्ष अगाडि