काठमाडौंबाट रूकुमकोट आउँदै गरेको बस त्रिशुलीमा खस्यो,घाइतेहरुको पुष्टि

Salyan Paribesh , २१३४  पटक हेरिएको

सल्यान, १९-कात्तिक/ काठमाडौंबाट रूकुमकोट जाँदै गरेको बस त्रिशुलीमा खसेको छ । शनिबार राति सवा ६ बजे बेनिघाट रोराङ गाउँपालिका-१० हुग्दिखोलास्थित त्रिशुली किनारमा बस खसेको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिए । बा ४ ख ५७९० नम्बरको बस २०० मिटर तल खसेको खत्रीले बताए । दुर्घटना हुँदा चालकसहित १९ जना घाइते छन् ।

उनीहरूको उपचारका लागि स्थानीय मेडिकल पठाएको छ । बस त्रिशुली किनारमै रहेको प्रहरीले जनाएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय गजुरीबाट डिएसपीको कमान्डमा प्रहरीको टोली खटिएको छ ।

सल्यानमा सल्यानी र दंगालीको बबाल झाप्रे नाच

प्रहरीले दिएको जानकारीअनुसार घाइतेहरूको विवरण र उनीहरूको अवस्था?
– धादिङको गल्छी गाउँपालिका- ८ मा बस्ने वर्ष २४ का बस चालक सुमन तामाङ। उनको टाउकोमा चोट लागेको छ र अवस्था गम्भीर छ ।
– पूर्वी रूकुमको सिस्ने गाउँपालिका- ४ का बासिन्दा वर्ष १९ का भुवन केसी। उनको दुवै हात खुट्टामा चोट लागेको छ। अवस्था मध्यम छ ।
-रूकुमको भूमि गाउँपालिका- ५ मा बासिन्दा अन्दाजी २१ वर्षका मदन बुढामगर। उनको टाउकोमा चोट लागेको छ। अवस्था मध्यम छ ।
– दोलखाको बैतेश्री गाउँपालिका- ८ का बासिन्दा वर्ष २१ का श्रीकृष्ण श्रेष्ठ। उनको अवस्था मध्यम छ
– पश्चिम रूकुमको बाफिकोट गाउँपालिका-९ बासिन्दा वर्ष ३६ का मदन बहादुर बिक। उनको अवस्था मध्यम छ।

-कञ्चनपुरका बासिन्दा वर्ष २४ का तेज बहादुर कठायत। उनको अवस्था मध्यम छ।

– कास्कीका बासिन्दा कृष्ण प्रसाद अधिकारी। उनको अवस्था मध्यम छ।

-काठमाडौंका बासिन्दा अनिष लामिछाने। उनको अवस्था मध्यम छ।

– बाराको करैयामाई गाउँपालिकाका बासिन्दा वर्ष २७ को प्रविण चौधरी। उनको अवस्था मध्यम छ।

– रौतहटको चन्द्रपुर नगरपालिका( २ की बासिन्दा वर्ष २६ की सिता मैनाली। उनको अवस्था मध्यम छ।

– रूकुमको सानोभेरी गाउँपालिका( ३ बासिन्दा वर्ष ५० को नर बहादुर खड्का। उनको अवस्था मध्यम छ।

– रूकुमको पश्चिम आठबीसकोट गाउँपालिका(८ का बासिन्दा वर्ष ३४ का शिव बहादुर शाही। उनको अवस्था मध्यम छ।

– दोलखाको कालिञ्चोक गाउँपालिका(९ का बासिन्दा वर्ष ३४ का अभिषेक खाँती। उनको अवस्था मध्यम छ।

– सिरहा गोलबजार नगरपालिका( १३ का बासिन्दा वर्ष २२ का रमेश सिंह। उनको अवस्था मध्यम छ।

– बागलुङको निसाखोला गाउँपालिकाका बासिन्दा सविन छन्त्याल। उनको अवस्था मध्यम छ।

– रूकुमको चौरजहारी नगरपालिका(१ का बासिन्दा योगेश्रवर बिक। उनको अवस्था मध्यम छ।

– रूकुमको चौरजहारी नगरपालिका(१ का बासिन्दा प्रेम सिंह बोहोरा। उनको अवस्था मध्यम छ।

-रामेछापको मन्थली नगरपालिका(९ का बासिन्दा मिलन लामा। उनको अवस्था मध्यम छ ।

– धादिङको गल्छफ गाउँपालिका( ८ का बासिन्दा रत्न तामाङ। उनको अवस्था मध्यम छ ।

सबै घाइतेको थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।

सल्यानमा सल्यानी र दंगालीको बबाल झाप्रे नाच

प्रकाशित मिति: २०२२-११-०५ , समय : २३:५२:५७ , ७ महिना अगाडि