सल्यानमा पहिलोपटक राउटे बस्तीमा गजल बाचन कार्यक्रम हुँदै

Salyan Paribesh , ७७८  पटक हेरिएको

माघ २१, सल्यान ।

फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायमा पहिलो पटक गजल बाचन कार्यक्रम हुन लागेकाे छ ।

राउटे समुदायीहरुलाइ गजल सुनाउनकाे लागि पहिलाेपटक सल्यान कला साहित्य परिषद्ले राउटे बस्तीमै गजल वाचन तथा राहत वितरण कार्यक्रमकाे आयोजना गर्न लागेकाे हाे ।
[smartslider3 slider=”9″]
‘हाम्रो अभियान ,सल्यान कला साहित्यको उत्थान’ भन्ने मुल नारा बाेकेकाे सल्यान कला साहित्य परिषद्को सुर्खेतकाे सिम्ता गाउँपालिका वाखर्क (सिर्जना बजार) स्थित राउटे बस्तीमा आउँदाे माघ २५ गते कार्यक्रमकाे आयाेजना गरेकाे परिषद्का अध्यक्ष भरत राेकायले बताए ।

कार्यक्रममा गजलकारहरु दैलेखका भरत प्रमोद दहाल, सुर्खेतकी कोकिला सिंह ठकुरी, सल्यानका सुनिल राना ‘बिरही’ र टोप घर्ती ‘अनुरागी’ले गजल बाचन गर्ने तय गरिएकाे छ ।

राउटे समुदायमा यसरी गरिने गजल बाचन देशकै पहिलो कार्यक्रम रहेको अध्यक्ष राेकायकाे दाबी छ ।

हालै गरिएकाे राष्ट्रिय जनगणनामा सल्यान तथा सुर्खेतमा वारपार गर्ने र अहिले सिम्तामा बसिरहेका राउटेकाे जनसंख्या १ सय ४५ रहेकाे छ भने ४८ घरधुरी रहेको रहेकाे छ ।

प्रकाशित मिति: २०२२-०२-०४ , समय : २३:३३:४२ , २ वर्ष अगाडि