दाङ्ग खैरा देखि नगत ८ लाख र ८ बर्षीय छोरी सहित बिमला बिक सम्पर्कबिहिन

तुला राम डाँगी क्षेत्रि , ४११०  पटक हेरिएको

सल्यान / ३० कार्तिक –  दाङ्ग खैरा देखि नगत ८ लाख र ८ बर्षीय छोरी सहित बिमला बिक सम्पर्कबिहिन रोल्पा जुगार त्रिबेणी गाउपालिका ६ घर भइ हाल दाङ्ग जिल्ला खैरा बस्दै आएका रेशम शाक्रिकी श्रीमती बिमला बिक करिब दुइ महिना देखि सम्पर्क बिहिन भएकी छिन।

गत साल बैशाखमा परिवारकै लागि भनेर घर छोडी पराइ देश भारतको पन्जाबमा आएका रमेशको यतिबेला घर उजारिएको छ। एउटा जिल्ला देखि अर्को जिल्लामा आएको हुदा उनीलाई यतिबेला साथ दिने दाङ्गमा कोहि पनि छैन। बिहे गरेको १०/ ११ बर्ष पछि करिब ढाई लाख भन्दा माथिको गरगहना सहित ६ लाख नगद लिएर फ्रहार भएकी छिन

धन सम्पति मात्र होइन उनले एउटी आठ बर्षकी छोरी पनि साथमा लिएर गएकी छिन। उनकी श्रीमती कहा छिन र कस्तो अबस्थामा छिन भन्ने उनले सामजिक संजाल मार्फत केहि फोटा हरु प्राप्त मात्र गर्न पाएका छन्।

सामाजिक संजाल मार्फत बुझे अनुसार उनको श्रीमती भगाउने व्यक्ति उदयपुर गाइ घाटको एक झारफुक गर्ने धामी झाक्री हो भन्ने बुझिएको छ। त्यति मात्र होइन उक्त धामी झाक्री कहलिएका व्यक्तिले रेशम शार्किलाई त जहा छस त्यहि सुतेको सुतेइ बनाउछु भनेर धम्कि पनि दिएका छन्।

त्यति मात्रा होइन समूर्ण मिडिया कर्मी साथीहरुलाई मेरो गुहार छ। +९१७८५०९२०२१

प्रकाशित मिति: २०२२-११-१७ , समय : ०३:१२:३२ , १० महिना अगाडि