तुला राम डाँगी क्षेत्रि , ३८५४ पटक हेरिएको

कार्तिक २९, सल्यान । नेपाल कम्युनिस्ट पार्टी सल्यानले मंसिर ४ काे निर्वाचन खारेज गर्ने भन्दै जनजागरण अभियान लिएर जिल्लाका विभिन्न ठाउँहरूमा पुगेकाे छ । साेमबार त्रिवेणी गाउँपालिकाकाे रिखेबजारमा निर्वाचन खारेजका लागि नागरिक अन्तरक्रिया कार्यक्रम समेत गरेकाे छ ।
नागरिक अन्तरक्रिया कार्यक्रममा बाेल्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सविन् पाेखरेलले दलाल पुँजिवादी संसदीय व्यवस्थाकाे निर्वाचनले देश र जनतालाई लुट्ने मात्र काम गरेकाे बताए । अहिलेकाे निर्वाचनमा आम जनताको कुनै चासो समेत हुन नसकेकाे उनले बताए ।
‘निर्वाचनमा भाेट हाल्दा हाल्दा नेपाली जनताको हातमा ठेला परिसके तर अवस्था ज्युँका त्युँ छ । त्यसैले हाम्राे पार्टीले याे कथित निर्वाचन खारेज गर्ने कार्यक्रम गरेको छ ।’, यसपटक जसरि पनि जनताले निर्वाचन खारेज गर्नुपर्ने भन्दै उनले भने, ‘याे निर्वाचनमा जनताले भाेट नगरेर खाली मतपेटिका सरकारलाई नै फिर्ता पठाइदिन हाम्रो पार्टी अपिल गर्दछ।’
नेपालमा विद्यार्थीहरुले महिनाैंसम्म पढ्ने किताब नछापिने र नपाउने अवस्थामा हेलिकप्टरबाट निर्वाचन सामग्री पुर्याउने व्यवस्थालाई जनताले किन मान्नुपर्ने ? भनेर सविन् पाेखरेलले प्रश्न गरे।
यै वेलामा दलाल नेताहरु भाेट माग्न गाउँ गाउँमा छिरेकाे अवस्था छ भने नेपाली युवाहरु देशमा राेजगार नपाएर विदेश जान भनी राहदानीकाे लागि जिल्ला प्रशासनदेखि राहदानी विभागसम्म लाइनमा रहेकाे दु:खद अवस्था उनलेे औंल्याए। उनले अगाडि भने, ‘ यस्तो अवस्थामा काे जान्छ भाेट हाल्न?’
प्रकाशित मिति: २०२२-११-१७ , समय : ०३:२९:३३ , १ वर्ष अगाडि