सल्यानमा प्रतिनिधिसभाका उम्मेदवार प्रकाश ज्वाला जित नजिक

बुद्धि पुन , २२६२  पटक हेरिएको

सल्यान, ७ मंसिर ।
प्रतिनिधि सभा सदस्यका लागि सल्यानमा नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव प्रकाश ज्वाला जित नजिक पुग्नुभएको छ । सुरुवाती चरणदेखि नै अग्रता बनाउनुभएका ज्लाला जित नजिक पुग्नुभएको हो । अहिलेसम्म ६२ हजार बढी मत गणना गर्दा ज्वाला झण्डै ११ हजारको मतान्तरसहित अगाडि हुनुहुन्छ । ज्वालाले २६ हजार ६ सय १६ मतपाउनुभएको छ ।

ज्वालाका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार राजेन्द्र बहादुर शाहले १५ हजार ६ सय ५० मत ल्याएर दोस्रो स्थानमा हुनुहुन्छ । शाह कांग्रेसबाट राजिनामा दिएर स्वतन्त्र उम्मेदवार बन्नभएको थियो । त्यस्तै तेस्रो स्थानमा रहेका एमालेका राजेन्द्रवीर रायले ८ हजार ९ सय ९५ मत ल्याउनुभएको छ । सल्यानमा कुल ८४ हजार २२ मत खसेको थियोे ।

सल्यानका दुवै प्रदेशसभामा पनि गठबन्धनका उम्मेदवार फराकिलो मतान्तर सहित अगाडि छन् । प्रदेशसभा (क) मा माओवादीका भिम प्रकाश शर्माले हालसम्म १६ हजार १ सय ८४ मत ल्याएका छन् भने एमालेका कुल बहादुर गिरीले १० हजार २ सय १६ मत ल्याउनुभएको छ भने प्रदेशसभा (ख) मा कांग्रेसका सुरेश अधिकारीले प्रदेश सभा (ख) १४ हजार ५१६ र एमालेका गुलावजंग शाहले १२ हजार १९१ मत ल्याउनुभएको छ ।

प्रकाशित मिति: २०२२-११-२३ , समय : १७:४४:१० , ३ महिना अगाडि