रास्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतको ईन्द्रज्योती को भवन निर्माणमा ढिलासुस्ती

रास्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतको ईन्द्रज्योती को भवन निर्माणमा ढिलासुस्ती , १८२०  पटक हेरिएको

मंसिर ०९ शिवालय । रास्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतका कुनै पनि योजनाहरु एकबर्षिय अबधिको रहेका हुन्छन् । जाजरकोटको शिवालय गाउँ पालिका -६ थालारैकरमा रहेको श्री ईन्द्र ज्योती मा.बि बिद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतको भवन निर्माणको काम २०७९ असार मसान्तसम्म सकिनु पर्नेमा अहिले सम्म पनि निर्माण हुन सकेको छैन । काम सुरु भएको करिब ८/९ महिना बित्दै जादा पनि भवनको काम अहिले सम्म रोकिएको छ ।

२७ लाख रुपैयाँ निकासी भई सकेको र भवनको काम अगाडि नबढेकाले ठेकेदारको लापरबाही रहेको सर्वसाधारण जनताले सल्यानपरिवेशलाई जानकारी दिए । सर्वसाधारण मजदुरले आफुले गरेको कामको आधी रकम नपाएको गुनासो समेत गरेका छन् ।

श्री ईन्द्रज्योती मा.बि बिद्यालयका लेखापाल रहेका शेर बहादुर शाहीले उक्त भवन निर्माण गर्ने ठेक्का लिएका हुन् ।

 

प्रकाशित मिति: २०२२-११-२५ , समय : १३:००:५८ , ६ महिना अगाडि