वीरगञ्ज वडा नं.१४ नर्सिङ माविस्थित सडक खण्डमा वीरगञ्ज १२ मुर्लीका १९ वर्षीय साहिल हवारीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। , २३५० पटक हेरिएको
काठमाडौं ।मोटरसाइकल दुर्घटना हुँदा वीरगञ्जमा एक युवकको मृत्यु भएको छ । वीरगञ्ज वडा नं.१४ नर्सिङ माविस्थित सडक खण्डमा वीरगञ्ज १२ मुर्लीका १९ वर्षीय साहिल हवारीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
मधेश प्रदेश ०३–०२७ प ००९८ नम्बको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार साहिल र २० वर्षीय सरताज अन्सारी घाइते भएका थिए ।
उनीहरुको उद्दार गरी वीरगञ्जकै स्पर्स मल्टी पर्पस हस्पटिलमा उपचारका लागि लगिएको थियो । उपचारकै क्रममा मोटरसाईकल चालक सहिलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
शव पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्जमा पठाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२२-११-२७ , समय : १५:२१:२२ , १ वर्ष अगाडि