सल्यान परिबेश डट्कम , २१६६ पटक हेरिएको

काठमाडौं ।
रौतहट १ मा माधवकुमार नेपालले ३३ हजार ५२२ मत आएको छ । सो क्षेत्रमा समानुपातिकमा माधवको पार्टीको कलम चिन्हमा नौ हजार ५७८ मत मात्र आएको छ । सल्यान १ मा प्रकाश ज्वाला ३५ हजार ७०० मत ल्याएर विजयी हुँदा कलममा समानुपातिकमा पाँच हजार ९७० मत मात्र आएको छ ।
यी दुई उदाहरणले दुईटा संकेत गर्छ । पहिलो हो– माधवको कलम पार्टीले आफ्नो बुँताबाट जितेको होइन । दोस्रो हो– असाध्यै बलियो भनिएको क्षेत्रमा समेत माधवको पार्टीको आफ्नै मत खासै छैन ।
कुन पार्टीको वास्तविक मत कति हो भन्ने समानुपातिकमा खसेको मतले देखाउँछ । माधवको असाध्यै बलियो भनिएको, प्रत्यक्षमा चुनाव समेत जितेको क्षेत्रमा समानुपातिकमा मत आएन भने अन्य क्षेत्रमा समानुपातिकमा प्रशस्त मत आउने कुरै भएन । तैपनि माधवको पार्टीले अनौठो र आश्चर्यजनक ढंगले समानुपातिकमा मत बढाउँदा सबै चकित छन् ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले माधवको पार्टीलाई राष्ट्रिय पार्टी बनाउनुपर्छ भनेर चिन्ता जाहेर गर्नासाथ रातारात कलमको समानुपातिक मत कसरी बढ्यो ? प्रश्न उठ्न थालेको छ ।
जस्तो कि बारा १ मा समाजवादीका कृष्णकुमार श्रेष्ठले ३० हजार ३४१ मत ल्याएर जित्दा सो क्षेत्रमा समानुपातिकमा कलमलाई चार हजार ६९१ मत मात्र आएको छ । चुनाव जितेको ठाउँमा समेत कलममा समानुपातिकमा झरेको भोट यस्तो छ, तर, कुनै संगठन र प्रभाव नभएको क्षेत्रमा भने कलमको मत उदेकलाग्दो गरी बढेको देखिन्छ । जस्तो कि धनकुटामा माधवको पार्टी शून्य बराबर छ तर त्यहाँ समानुपातिकमा कलमले दुई हजार ४४९ मत ल्याएको छ ।
हुम्लामा कलमबाट धनबहादुर बुढा १४ हजार २७१ मत ल्याएर विजयी हुँदा समानुपातिकमा भने एक हजार २१ मत मात्र आएको छ । उम्मेदवारी दिएको र जितेको समेत ठाउँमा नआएको समानुपातिक भोट कलमले कसरी बढाउँदै गयो ? रहस्यमय भएको छ ।
कमलमा समानुपातिक भोट गाभ्दै जाने षडयन्त्र भइरहेको मेसो पाएपछि सबैभन्दा पहिले कराउनुभयो केपी शर्मा ओली । उहाँले देशभरीका कार्यकर्तालाई समानुपातिक मत गणनामा चनाखो हुन अपिल गर्नुभयो । तर, ओलीको यस्तो अपिल जारी भइनसक्दै माधवको पार्टीले ‘जादू’ गरिसकेको थियो । अर्थात्, माधवको पार्टी समानुपातिकमा दुई दुईगुणा रात दसगुणा बढ्न थालिसकेको थियो ।
समानुपातिक मतमा धाँधली हुँदैछ भन्ने भेउ पाएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन पनि मैदानमा आउनुभयो । माधवको पार्टीको मत जादू गरे जसरी बढ्न थालेपछि र आफ्नो पार्टीको मतको वृद्धिदर रोकिन थालेपछि लिङदेनले पनि समानुपातिक मतगणनामा केन्द्रीत हुन देशव्यापी रुपमा कार्यकर्तालाई अपिल गर्नुभयो ।
यो समाचार तयार पार्दासम्म कलमले देशव्यापी रुपमा समानुपातिकमा दुई लाख ३६ हजार ७५४ मत पाएको छ । यति गर्दा पनि कलमले राष्ट्रिय पार्टीकाे मान्यता पाएर समानुपातिक तर्फकाे सीट पाउने भने निश्चित भएकाे छैन ।
यो बर्षको अन्तिम दिन भैली कपुरकोटमा
प्रकाशित मिति: २०२२-११-३० , समय : ००:५५:२७ , १ वर्ष अगाडि